अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी साइप्रसले दशै तिहार वृहत सांस्कृतिक कार्यक्रम धुमधामको साथ साइप्रसमा मनाउदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ आश्विन १ गते, मंगलवार ०२:५०

मनिसा अर्याल, युरोप्

अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी साइप्रसले दशै तिहार वृहत सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ।

नेपालीहरुको महान चाड विजय दशमीको पावन अबसरमा देश तथा बिदेशमा छरिएर रहनुहुने सम्पुर्ण आफन्तजन, इष्टमित्र ,सहकर्मी साथीहरु लगायत सम्पुर्णमा यहि आउदो अक्टोबर १३ तारिक साइप्रसको सुन्दर शहर लिमासोलमा दशै तिहार बिशेष वृहत सांस्कृतिक तथा साङ्गेतिक कार्यक्रमको तय गर्ने भएको छ ।

विभिन्न पेसामा आवद्ध रहि साइप्रसलाई कर्मथलो बनाउदै बस्नुभएको सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई मनोरन्जन गराउदै आफ्नै गाउँ ठाउँमा पकाईने माैलिक नेपाली खाना साथै नेपाली सेफहरुकै हात बाट बनाएर एक आपसमा महिनौ भरिको दु:ख, सुख ,साटासाट गर्दै टीका जमराको साथमा महान चाड वडा दशै मनाउने भएको छ ।

नेपाली कला,संस्कृति, भाषा, गित सङ्गीतलाई संरक्षण तथा प्रवधन गर्दै बिदेशी समाजमा समेत पहिचान गराउने उदेश्यले अन्तर्राष्ट्रिय नेपाली भान्से घर साइप्रसले सो कार्यक्रम आयोजना गर्न लागिएको आयोजक टिमले जानकारी दिएको छ। केही समय अगाडि मात्रै गठन भएको अन्तर्राष्ट्रिय नेपाली सेफ भान्से घरले पहिलोपटक नेपालका चर्चित कलाकारहरूको साथमा दशैं विशेष वृहत सांस्कृतिक साङ्गेतिक कार्यक्रम गर्न लागेको हो।

“परम्परा बचाउ विकृति हटाउ ” भन्ने मुल नाराका साथ कार्यक्रम गर्न लागिएको जानकारी प्राप्त भएको छ्। कार्यक्रममा साइप्रसवासी नेपालीहरु बाट पनि विभिन्न जातजाति धर्म संस्कृतिका मौलिक कला तथा स्थानिय कलाकारहरुको गायन तथा नृत्यहरुका साथमा कार्यक्रममा नेपाली संगीत क्षेत्रका ख्याती प्राप्त नेपाल देशका राष्ट्रिय (गहना) गायक गायिका देश बिदेश को विभिन्न कार्यक्रममा समेत पुग्नुभएको र सबैको मन जित्दै भरपुर मनोरञ्जन प्रदान गर्न सक्ने ,राम्जी खाण, निर्जला गुरुङ्ग ,दिपक लिम्बुको बेजोट प्रस्तुतिहरु रहने छ्, भने स्थानिय कलाकार हरुको पनि बेजोड प्रस्तुति हेर्नका लागि अन्तर्राष्ट्रिय सेफ सोसाइटी भान्से घर साइप्रसले सम्पुर्ण नेपालीहरु लाई उपस्थित को लागि आग्रह समेत गर्नुभएको छ।

भान्से धमाका नाम दिएको उक्त कार्यक्रम साइप्रसको लिमासोल सहर स्थित [Trikkis palace,B1 Monagroulli 4524] मा उक्त कार्यक्रम हुने भएको हो।

यसै गरि नेपाली गायक गायिका र साइप्रसमा रहनु भएका सम्पुर्ण नेपाली दर्शक श्रोताहरु लाई भब्यताका साथ स्वागत गर्न नेपाली भान्से घर साइप्रस तयार भैसकेका छन।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु