पूर्वराष्ट्रपति भण्डारीद्वारा अरुणोदय स्मारिका लोकार्पणजलविद्युतको शेयरमार्फत विपन्न नागरिकको जीवनस्तर उकास्न सरोकारवालासँग उर्जामन्त्रीको छलफलसाउथवेस्टर्नको विज्ञान प्रदर्शनी सम्पन्न :२० हजार द्धारा अवलोकनएभरेस्ट बेस क्याम्पमा ग्यास्ट्रोनोमी कार्यक्रम २०२५ हुनेआज माघ २५ गते शुक्रबार : कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफलबससेवा डटकमले भ्यालेन्टाइन डेको अवसरमा छुट अफर सुरुबुढिगण्डकी हाईड्रोपावरमा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने,मिस एण्ड मिसेस व्यूटिफुल नेपाल यस वर्ष पनि हुनेसाउथवेस्टर्नमा १३ औं विज्ञान प्रदर्शनीकोशी प्रदेशको उर्जा र सिंचाईको विकासका लागि कोशी प्रदेशका सांसदसँग उर्जामन्त्रीको छलफल

सुजन र अप्सनालाई स्वर्ण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ आश्विन १ गते, मंगलवार ०५:२९

टोखा भैरवकाद्वय सुजन तामाङ र अप्सना रोका मगरले प्रथम टोखा मेयर कप वादोरियो कराते प्रतियोगितामा सोमबार स्वर्ण जितेका छन् । एकल काताको पुरुषमा सुजन र महिलामा अप्सनाले स्वर्ण जितेका हुन् ।
गोंगबुस्थित काठमाडौं युरो स्कुलमा भएको प्रतियोगिताको पुरुष २५ केजीमुनि अजिमाका अनुरोज थापा मगर, ३० केजीमुनि गोंगबुका सिहान राना, ३५ केजीमुनि मनमैजुका शुलभ राजवाहक र ६० केजीमाथि मनमैजुका सुरज राजवाहकले स्वर्ण जिते ।
नेपाल वादोरियो कराते डो संघको प्राविधिक सहयोग तथा नेपाल वादोरियो कराते डो संघ, टोखा डोजोद्वारा आयोजित प्रतियोगिताको महिला २५ केजीमुनि रोयल करातेकी निशुका महर्जन, ३० केजीमुनि गोदावरीकी आइस्टी पहरी, ३५ केजीमुनि गोंगबुकी युनिका अधिकारी, ४० केजीमुनि मनमैजुकी एलिना तामाङ, ४५ केजीमुनि मनमैजुकी प्रतिक्षा तामाङ र ५० केजीमुनि नागार्जुनकी सृजना तामाङले पहिलो स्थान हात पारे ।
प्रतियोगिताको टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा नेपाल वादोरियो कराते डो संघका अध्यक्ष एवं नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्ष हरिशरण केसीलगायतको उपस्थिति रहेको थियो । टोखा नगरपालिकाको सहयोगमा भएको प्रतियोगितामा २५ टिमका ३ सय ५० खेलाडीले २१ स्पर्धामा प्रतिस्पर्धा गरिरहेको वादोरियो कराते डो संघका केन्द्रीय कोषाध्यक्ष पुरुषोत्तम पोखरेलले जनाएका छन् । प्रतियोगिता मंगलबार सम्पन्न हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु