एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले थाइल्यान्डमा नेपालको तर्फबाट गौरवमय प्रस्तुतिएनसीआईसीकेकी सचिव महराद्वारा अर्थमन्त्री पौडेलसँग भेट, बजेटमार्फत नीतिगत भ्रष्टाचार रोक्न आग्रहशनिबार भृकुटीमण्डपमा फुड फेस्टिभल हुनेग्लोबल स्टार अवार्डबाट प्रवासी नेपाली सेफहरू सम्मानितमधु र सागरको आवाजमा आयो ‘सनई ढोलाकी’,नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदैगोर्खाली रग्बीद्धारा फिफ्टिन्स रग्बीको उपाधि रक्षाPakistan Embassy in Kathmandu hosts reception to mark Pakistan's 85th National Dayसनवे कलेज र होस्टल व्यवसायी संघ बीच शैक्षिक सहयोग सम्झौतानेपाली नयाँ बर्षको अवसर पारी 2th फुटसाल जो जो युवा क्लब लार्नाका मा सम्पन्न

जेसिस र केभीसी सेमिफाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ मंसिर ८ गते, शनिबार १८:५३

जेसिस र केभीसी १० औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा शनिबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
स्युचाटारस्थित आयोजक रेडियन्ट पब्लिकको कोर्टमा जेसिसले मस्र्याङ्दीलाई २२–१५ ले पराजित ग¥यो । जेसिसको जितमा स्मृति थापाले १२ अंक योगदान गरिन् । सिमरन पाण्डेको ९ अंक मद्दतमा केभीसीले द एक्सेल्सियर स्कुललाई ११–३ ले हरायो ।
सिनियर ब्वाइजमा आयोजक रेडियन्ट पब्लिकले राइजिङ स्टारलाई ३५–३२, एलआरआईले बेबी एन्जललाई ३८–५, क्षेत्रग्नले एक्सेल्सियरलाई ४५–२५ र संस्कृतिले रेडियन्ट रिडर्सलाई ३३–२९ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । रेडियन्टका नन्दनबाबु बस्नेतले १२, एलआरआई आयुश केसीले १२, क्षेत्रग्नका सुशिल शाहीले ३१ र संस्कृतिका श्रद्धेय शाक्यले १२ स्कोर गरे ।
सिनियर ब्वाइजमै मेगसले केभीसीलाई २५–१९, स्वस्तिश्री गुरुकुलले पिपुल्स एकेडेमीलाई २८–२६, ज्ञानोदय बालवाटिकाले स्वर्णिमलाई ४०–३१ र पुष्पसदनले सेन्ट्रल स्टेटलाई ३९–१६ ले पन्छ्याउदै क्वाटरफाइनलमा पुगे । मेगसका सिमोन रम्जालीले १०, स्वस्तिश्रीका श्रेयन नाम्गेल लामाले १५, ज्ञानोदयका अर्यान धामीले ११ र पुष्पसदनका उमंग अमात्यले १६ अंक बटुले ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु