एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले थाइल्यान्डमा नेपालको तर्फबाट गौरवमय प्रस्तुतिएनसीआईसीकेकी सचिव महराद्वारा अर्थमन्त्री पौडेलसँग भेट, बजेटमार्फत नीतिगत भ्रष्टाचार रोक्न आग्रहशनिबार भृकुटीमण्डपमा फुड फेस्टिभल हुनेग्लोबल स्टार अवार्डबाट प्रवासी नेपाली सेफहरू सम्मानितमधु र सागरको आवाजमा आयो ‘सनई ढोलाकी’,नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदैगोर्खाली रग्बीद्धारा फिफ्टिन्स रग्बीको उपाधि रक्षाPakistan Embassy in Kathmandu hosts reception to mark Pakistan's 85th National Dayसनवे कलेज र होस्टल व्यवसायी संघ बीच शैक्षिक सहयोग सम्झौतानेपाली नयाँ बर्षको अवसर पारी 2th फुटसाल जो जो युवा क्लब लार्नाका मा सम्पन्न

बैरो संघको सचिवमा अक्सन ईन्टरनेशनलका इश्वर सापकोटाद्वारा स्वतन्त्र उम्मेद्धवारी घोषणा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ चैत्र २१ गते, बिहीबार २०:२८

काठमाडौ – वैदेशिक रोजगार व्यवसायमा लामो अनुभव बटुलेका अक्सन इन्टरनेशनल प्रा.लि. का अध्यक्ष सफल ब्यावसायी इश्वर सापकोटाले आसन्न नेपाल वैदेशिक रोजगार व्यवसायी संघकोे निर्वाचनमा सचिव पदमा स्वतन्त्र उम्मेद्धवारी घोषणा गरेका छन ।

संघको नेतृत्वका लागि सफल व्यवसायी सापकोटाले व्यवसायीक हकहितमा काम गर्नका लागि स्वतन्त्र रुपमा सचिव पदमा उम्मेद्धवारी घोषणा गरेका हुन ।
संघको नेतृत्वमा जानेहरुले ब्यावसायिक हकहितमा कार्य नगरेका कारण चित्त नबुझेर सक्षम र स्वतन्त्र व्यवसायीले नेतृत्व गर्नुपर्छ भन्दै सचिव पदमा उम्मेद्धवारी दिएको उनले बताए । वैदेशिक रोजगारलाई सम्मानित, मर्यादित र व्यवस्थित बनाउने मान्यता बोकेर संघको नेतृत्व गर्नका लागि अघि बढेको समेत सापकोटाले बताए ।
व्यवसायीहरु मध्येबाट स्वतन्त्र छविका रुपमा परिचित सापकोटाकोे उम्मेद्धवारी घोषणासँगै स्वतन्त्र रुपमा लागेका व्यवसायी तथा अहिले नेतृत्वका लागि भएको तालमेलप्रति चित्त नबुझाएका व्यवसायीहरुले खुशी व्यक्त गरेका छन् ।
सापकोटाले संघको नेतृत्वमा आएपछि वैदेशिक रोजगार व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन पहल गर्ने, नयाँ आकर्षक गन्तव्यको खोजीमा लाग्ने, जापानमा रोजगार मेला आयोजना गर्ने, संस्थागत वैदेशिक रोजगारलाई बढुवा दिने र स्वतन्त्र रुपमा व्यवसाय गर्नेहरुलाई उच्च सम्मानका साथ सहयोग गर्ने प्रतिवद्धता जनाएका छन । व्यवसायी सापकोटाले विगत १७ वर्षदेखि वैदेशिक रोजगार व्यवसायमा लागेर नेपाली श्रमिकहरुलाई सुरक्षित गन्तव्यमा पठाइरहेका छन् ।

निःशुल्क जापानिज भाषा सिकाएर हालसम्म करिब २ हजार नेपालीलाई जापान पठाइसकेका सापकोटा अक्सन इन्टरनेशनल प्रा.लि. का अध्यक्ष हुन ।
मेनपावर व्यवसायीहरुको आफ्नै प्रशासनिक भवन हुनुपर्छ भन्ने मान्यता राख्ने सापकोटाले भवन खरिदका लागि अधिकतम आर्थिक सहयोग समेत गरेका थिए । सापकोटालाई बिजयी गराउन अहिले स्वतन्त्र ब्याबसायीहरु लागेका छन । हालसम्म सचिवमा सापकोटासङ्गै अनिल बोगटी र कुन्छा दोर्जे डिमदोङ्गले उम्मेदवारी दिएका छन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु