राजनीति

माग पूरा नभए पूनः हतियार उठाउने बहिर्गमित जनमुक्ति सेना नेपालको चेतावनी

‘बहिर्गमित जनमुक्ति सेनाको नाममा डलरको खेती गर्नेलाई कालोमोसो दली सामाजिक बहिष्कार गर्ने’ काठमाडौं, १७ भदौ । बहिर्गमित जनमुक्ति सेना नेपाल केन्द्रीय संघर्ष समिति–२०६८ ले आफ्नो संगठनले उठाएका जायज मागहरु सरकार तथा सरोकारवाला सबै पक्षले तत्काल…

चिकित्सकहरुले हामीसँग छलफलनै गरेनन्, वार्ताको लागि सहजीकरण गर्छौं : स्वास्थ्यराज्यमन्त्री डा. यादव

‘चिकित्सकहरुले अहिले आन्दोलन गर्नुपर्ने अवस्था थिएन’ काठमाडौं, १७ भदौ । स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवले चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आफूहरुसँग कुनै छलफलनै नगरी आन्दोलनमा उत्रिएकोमा दुःखेसो पोखेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा…

सरकारलाई असफल पार्ने नियतका साथ चिकित्सकहरुको आन्दोलन: सांसद पोखरेल

‘चिकित्सकहरुको माग सम्बोधन गर्न सरकार र सदन दुवै तयार छ’ काठमाडौं, १७ भदौ ।सत्तारुढ दल नेकपाका सांसद कृष्णभक्त पोखरेलले चिकित्सकहरुको समस्या समाधान गर्नको लागि वर्तमान सरकार तयार रहेको बताएका छन् । उनले भने,‘चिकित्सकहरु आन्दोलन छोडेर…

पूर्वसांसद नारायणबहादुर कार्कीलाई आर्थिक सहयोग

उदयपुर, १७ भदौ – गत आम निर्वाचनमा उदयपुर जिल्लाको उदयपुरगढी दनुवारबेँशीमा एम्बुसमा परेर खुट्टा गुमाएका उदयपुरका पूर्वसांसद नारायणबहादुर कार्की र विद्यार्थी नेत्री मीरा कटुवाललाई त्रियुगा नगरपालिका गाईघाटले आर्थिक सहयोग गरेको छ । नगरपालिकाका अनुसार पूर्वसांसद कार्कीलाई…

विम्स्टेक राष्ट्रहरुले प्रभावकारी भूमिका खेल्न सकेनन् : डा. महत

‘सरकारले नेपालको सुरक्षा व्यवस्थाबारे पाहुनालाई विश्वस्त बनाउन सकेन’ काठमाडौं, १६ भदौ । पूर्व परराष्ट्रमन्त्री एवम् नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले विम्स्टेक राष्ट्रहरुले प्रभावकारी भूमिका खेल्न नसकेको बताएका छन् । काठमाडौंमा सम्पन्न भएको चौथो शिखर…

नगरपालिका संघको उपाध्यक्ष बनिन बेलकोटगढी नगरपालिकाकी उपमेयर कविता ढुंगाना

सन्तोष बजगाई,काठमाण्डौं–नेपाल नगरपालिका संघको छैठौँ साधारण सभाले नगरपालिका संघको अध्यक्षमा धुलिखेल नगरपालिकाका मेयर अशोक ब्याञ्जु श्रेष्ठ निर्वाचित गरेको छ । त्यसैगरि उपाध्यक्षमा यूवा नेतृ बेलकोटगढी नगरपालिका नुवाकोटकी उपमेयर कविता ढुंगानालाई निर्वाचित गरेको हो । त्यस्तै,…

बिम्स्टेकको रिट्रिट प्रारम्भ

काठमाडौँ, १५ भदौ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) का राष्ट्राध्यक्ष÷सरकार प्रमुखको अनौपचारिक राजनीतिक संवाद (रिट्रिट) प्रारम्भ भएको छ । सदस्य मुलुकका राष्ट्राध्यक्ष÷सरकार प्रमुखलाई आवासको व्यवस्था गरिएको स्थानीय ताहाचलस्थित सोल्टी होटलको…

बलात्कारीलाई अमेरिकामा मृत्युदण्ड दिन मिल्ने, हाम्रोमा किन नमिल्ने ? : सांसद रेग्मी

 ‘कञ्चनपुर घट्नामा शक्तिशाली संसदीय छानबिन समिति गठन हुनुपर्छ’ काठमाडौं, ९ भदौ ।महिला संघकी अध्यक्ष एवम् प्रतनिधि सभा सदस्य उमा रेग्मीले बलात्कारलगायत महिलामाथि हुने हिंसा र जघन्य अपराधमा संलग्न दोषीलाई मृत्युदण्ड दिनुपर्ने कानून बनाउन माग गरेकी छिन्…

सरकारले पानीजहाज ल्याउनभन्दा बलात्कारीलाई कारबाहीको दायरामा ल्याउन ध्यान दिनुपर्यो : सांसद चौधरी

“सरकारले पानीजहाज ल्याउनभन्दा बलात्कारीलाई कारबाहीको दायरामा ल्याउन ध्यान दिनुपर्यो” काठमाडौं, ९ भदौ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालकी महामन्त्री एवम् सांसद चन्दा चौधरीले बलाल्कारीलाई फाँसी दिने कानून आवश्यक भएको बताएकी छिन् । रिपोर्टर्स क्लब नेपालले शनिबार…

कञ्चनपुर घट्नामा संलग्न दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकार तयार छ : मन्त्री थापा

काठमाडौं, ९ भदौ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा मगरले कञ्चनपुरको घट्नाका बारेमा सरकार गम्भिर रहेको जानकारी दिएकी छन् । रिपोर्टर्स क्लब नेपालले शनिबार आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री थापाले १३ वर्षीया निर्मला…