रमेशको जनचेतनामुलकगीत‘छाउपडि’ सार्वजनिक ( भिडियो )

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ फाल्गुन २९ गते, आईतवार १९:००

काठमाडौं –गीतकार रमेश दहालको शव्दमा रेकर्ड गरिएको ‘छाउपडी’ बोलको गीत रिलिज भएको छ । संगीत तथा स्वर गायिका सोफिया थापाको रहेको गीतको भिडियो गायिकाले आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक गरेकी छन् । गायिका सोफिया थापाको सङ्गित र स्वरमा रेकर्ड भएको ‘छाउपडी‘ बोलको गीतभने कर्णाली महोत्सवमा फागुन २७ गते सार्वजनिकभएको थियो । संगीत संयोजन विशाल पौडेलको रहेको छ ।

कानुनले उन्मुलन गरेको छाउपडी प्रथाखास गरी नेपालको सुदुर पश्चिममा अझै ब्यापक छ जसले महिला माथिको दमन,शोषण र विभेदलाई अझै जिवित राखेको छ । युवतीहरु निश्चित उमेर पुगेपछि हुने रजस्वला प्राकृतिक प्रकृया हो तर यसलाई धर्म र पाप सङ्ग जोडेर मनोबैज्ञानिक त्रास फÞैलाइएको छ भने सुत्केरी हुदा झन खानपान र सरसफाईमा ख्याल गर्नुपर्ने समयमा महिलालाई पोसिलो खानाबन्देज गरिएको हुन्छ । रजस्वला हुदा वा सुत्केरी हुदा घरभित्र पस्न नहुने अन्धबिस्वासले महिलाहरु घरभन्दा पर एउटा सानो असुरक्षित गोठवा छाप्रोमा बस्न बाध्यपारिन्छन् । यसबाट निम्तिएका धेरै घटना समेत सार्वजनिकभएका घटनाहरु हामी सुन्दै आएका छौ । त्यसैले छाउपडीप्रथाको जरो उखेलौ र नेपालको प्रचलित कानुनमानी हाम्रादिदी बहिनीलाई मात्रै हैन समग्र समाजकै गतिलाई अवरोध खडा गरेको छाउपडि उन्मुलन गरौ भन्ने आग्रह गीतले गरेको छ ।

मुलुकी अपराधसंहिता ऐनको दफÞा १६८ (४) मा छाउपडी राख्नेलाई सजायको ब्यबस्था गरेको छ । छाउपडीसम्पूर्ण नेपाली समाजको समस्या हो भन्ने आग्रहगीतका गरिएको छ तर ठाउँ अनुसार यसका स्वरुप फरक भएकाले सुविधा सम्पन्न शहरी क्षेत्रमा समेत छाउपडि कुनै न कुनै अर्को रुपमा रहेको हुन सक्छन् । छाउपडीले सिधै छाउगोठ बुझाउछजहाँ रजस्वला भए कि महिलालाई बस्न बाध्यपारिन्छ । गीतले उठाएका विषय पनि प्रचलित कुसंस्कारलाई हटाउन नै रहेको छ ।

भिडियो लिंक:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु