प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पणनेसपा (नयाँ शक्ति) केन्द्रीय समितिको पूर्ण बैठक काठमाडौँमा सुरुनेपाल उधोग संघको तेस्रो साधारणसभा सम्पन्न, रेग्मीको अध्यक्षतामा नयाँ कार्यसमितिसर्वाधिक पुरस्कार राशीको गोर्खाली रग्बी सेभेन्स हुंदैभुवन के पोखरेलको अभिनयमा मेरै हातको सिन्दुर सार्बजनिकरोयल इनफिल्ड महा–राइड नेपालगञ्जदेखि गाभर उपत्यकासम्मको रोमाञ्चक यात्रा ।मार्च १६ आइतबार चलचित्र ‘उफ यो मन’ अमेरिकाको बोस्टन शहरमा प्रदर्शन हुनेऊर्जामन्त्री खड्कासँग नेपालका लागि जापानका राजदूतको शिष्टाचार भेटनेपाल​को प​हिलो ह​रित​ विद्याल​य​ बज्र एकेडेमीमा ‘हरित रामायण’ नाटक मञ्चनमुर्चोकमा बरिस्ठ विशेषज्ञ सहितको बृहत स्वास्थ्य शिविर हुदै

मुर्चोकमा बरिस्ठ विशेषज्ञ सहितको बृहत स्वास्थ्य शिविर हुदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ फाल्गुन ८ गते, बिहीबार ०७:३९

धादिङ । त्रिपुरासुन्दरी गाँउपालिकाको मुलपानी मुर्चोकमा फागुन २२ र २३ गते विशेषज्ञ टोली सहितको बृहत निशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।

ऐतिहासिक र गौरवशाली विरासत बोकेको आत्रेय गोत्र बगाले थापा क्षेत्रीहरूको ऐतिहासिक १४० औं कुलपूजाको अवसरमा धादिङको मुलपानी, मुर्चोकमा बृहत निःशुल्क स्वास्थ्य शिविर पनि आयोजना गरिने भएको हो।

त्रिपुरासुन्दरी गाँउपालिकाको मुलपानी मुर्चोकमा आयोजना हुने बगाले थापाहरुको कुलपूजाको अवसर पारेर न्यूरोचिकित्सक डा. लेखजङ्ग थापा सहितका वरिष्ठ विशेषज्ञ डाक्टरहरु टोलीद्वारा सामान्य चिकित्सा, स्त्री तथा प्रसुति रोग, हाडजोर्नी, न्यूरो सेवा, पेटसम्बन्धी रोग, दन्त रोग, भिडियो एक्स-रे सेवा सहित निःशुल्क औषधि वितरण हुने गरि तयारी गरिएको बगाले थापा क्षेत्री राष्ट्रिय फाउण्डेसन, नेपालका अध्यक्ष डा. राम थापा क्षेत्रीले बताउनु भयो ।

सो शिविरमा सशस्त्र प्रहरी बल, नेपालका चिकित्सक सहितको टोलिको पनि सहभागीता रहने सशस्त्र प्रहरी निरीक्षक सुरेश थापाले बताउनु भयो । १४० औं कुलपुजाका दौरान सहभागी हुने बन्धुका साथै स्थानीय जनसमुदायका लागि धादिङ स्थित तिलगंगा आखा अस्पतालको टोलिबाट मोतीविन्दु जाँच शिविरको ब्यबस्था गरिने कुलपुजा आयोजना तथा तयारी समितिका संयोजक सरोज थापाले जानकारी दिनुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु