प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पणनेसपा (नयाँ शक्ति) केन्द्रीय समितिको पूर्ण बैठक काठमाडौँमा सुरुनेपाल उधोग संघको तेस्रो साधारणसभा सम्पन्न, रेग्मीको अध्यक्षतामा नयाँ कार्यसमितिसर्वाधिक पुरस्कार राशीको गोर्खाली रग्बी सेभेन्स हुंदैभुवन के पोखरेलको अभिनयमा मेरै हातको सिन्दुर सार्बजनिकरोयल इनफिल्ड महा–राइड नेपालगञ्जदेखि गाभर उपत्यकासम्मको रोमाञ्चक यात्रा ।मार्च १६ आइतबार चलचित्र ‘उफ यो मन’ अमेरिकाको बोस्टन शहरमा प्रदर्शन हुनेऊर्जामन्त्री खड्कासँग नेपालका लागि जापानका राजदूतको शिष्टाचार भेटनेपाल​को प​हिलो ह​रित​ विद्याल​य​ बज्र एकेडेमीमा ‘हरित रामायण’ नाटक मञ्चनमुर्चोकमा बरिस्ठ विशेषज्ञ सहितको बृहत स्वास्थ्य शिविर हुदै

प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ फाल्गुन १० गते, शनिबार २०:११

१० फागुन, काठमाडौं । प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण भएको छ ।

शनिबार यहाँ आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, लेखक शाक्य, नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, साहित्यकार अमर न्यौपाने र गायिका आनी छोइङ डोल्माले आत्मकथा लोकार्पण गरे ।

प्रधानमन्त्री ओली र प्रथम महिला शाक्य दाम्पत्य जीवनमा बाँधिएको ३७औं वार्षिकोत्सवका अवसरमा पाणिनी बुक्स प्रालिद्वारा प्रकाशित पुस्तकको लोकार्पण समारोह आयोजना गरिएको थियो ।
समारोहमा मन्त्रिपरिषद सदस्यका साथै समाजका प्रतिष्ठित व्यक्ति सहभागी थिए ।
लेखक शाक्यले आत्मकथामा आफ्नो दृष्टि, भोगाइ र अनुभूतिसँगै प्रधानमन्त्री ओलीको संघर्ष, कठिनाइ, सफलता र समाजसेवाका विषय समेटिएको बताइन ।
पुस्तकमा शाक्यको बाल्यकाल, पढाइ, जागिर र जीवनका उकाली–ओराली तथा नेता ओलीसँग विवाह बन्धनमा बाँधिएपछिका अनेक प्रसङ्ग उल्लेख छन ।

‘म साहित्यकार, न लेखिका हुँ । त्यही पनि मनमा लागेका आफ्ना विचार कहिलेकाही लेख्ने गर्थें । त्यसैलाई आज पुस्तकका रूपमा ल्याएको छु,’ शाक्यले भनिन्, ‘म बाल्यकालदेखि नै गरिब, दुःखी, रोगी असहायलाई देखेपछि चिन्तित हुन्थें । मैले तत्कालीन समयको केपीसँग पनि त्यही कारणले विवाह गरें ।’

कार्यक्रममा आयोजकका तर्फबाट प्रधानमन्त्री ओली र प्रथम महिला शाक्यलाई विवाह वर्षगाँठका अवसरमा सम्मान गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु