काठमाडौं । लोमश वाङ्मय प्रतिष्ठानको विधा विशेष मासिक रचना वाचन गोष्ठी सुसम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट मूर्धन्य साहित्यकार प्रा।डा।रमेश भट्टराईले आफ्नो मन्तव्य प्रकट गर्दै एउटा चलचित्रको दृष्टान्त दिँदै कविता के हो भन्ने विद्यार्थी आफैँले पत्ता लगाएको बताए । उनले भाव, कल्पना, विम्ब, प्रतीक, अनुभूतिको बेजोड सङ्गम हो, यो नितान्त साधना हो भन्ने तर्क गरे । उनले शब्द र जीवनको सङ्केत हो साहित्य भन्ने निष्कर्ष प्रस्तुत गरे ।
कार्यक्रममा मदनलाल पौडेलको ुमृत्युले मुसारेको मानिसु परिचर्चा गर्दै मूर्धन्य साहित्यकार महेश प्रसाईले साङ्गोपाङ्ग शल्यक्रिया गरे । पुस्तकभित्रका अनेक घटना परिघटनाहरूलाई पनि उनले उधिने । कृतिकार मदनलाल पौडेलले पुस्तकभित्रका केही परिघटना रोचक रूपले पस्किए ।
विभिन्न श्रव्यदृश्य माध्यमकी कार्यक्रम प्रस्तोता सुष्मी कँडेलले उदीयमान नियात्राकार राजेन्द्रमान डङ्गोलको नियात्रासङ्ग्रह ुबादलडाँडाुको ुएक्ले देउरालीको झरिलो बिहानु नियात्रा सुरिलो स्वरमा वाचन गरिन् ।
नियात्राकार राजेन्द्रमान डङ्गोलले आफूलाई कविता श्रवण गर्न आनन्द लाग्ने बताउँदै नियात्राबारे आफ्ना अनुभूति साझा गरे । कार्यक्रममा नेपाल बालसाहित्य समाजका नवनिर्वाचित अध्यक्ष विजयराज आचार्य तथा प्रगतिशील लेखक सङ्घका पूर्व कोषाध्यक्ष कृष्णहरि भट्टले साहित्यले समाजका विकृतिलाई उधिनेर सभ्य समाज स्थापनार्थ काम गर्नुपर्ने बताए ।
कार्यक्रममा कृष्णप्रसाद जस्ताघरे, धरहरा अभियन्ता ध्रुब गजुरेल, खुसीराम डौलिया, जगदीश्वर पोखरेल, जयराम बिडारी, रूबि सत्याल, सञ्जय सोती, दुर्गा पौडेल, देवराज सिम्खडा, लुमडी आचार्य, सुष्मी कँडेल, कृष्णहरि भट्ट, बलराम विष्ट, अप्सरा के।सी।,राजबाबु श्रेष्ठ ुसागरु, बासुदेव पौड्याल लगायत सर्जकहरूले आआफ्ना सिर्जना वाचन गरे ।
अनुप खनालले उपस्थित अभ्यागतहरूलाई स्वागत गरेको उक्त कार्यक्रमको सहजीकरण सचिव नवीन पल्लवले गरेका थिए ।