योगमाया विश्वविद्यालय सरकारको प्राथमिकतामा छ : उर्जामन्त्री खड्कासाँगे अभियानले सामाखुशी साउथ वेष्टर्न कालेजमा ३० गते चियापान तथा शुभकामना कार्यक्रम गर्नेसङ्क्रमण रोकथाम गर्न नर्सलाई तालिमदक्षिण एसियाली जुनियर टेबलटेनिस प्रतियोगताका लागि १२ खेलाडी चयनदोस्रो कृयाटिभ ईन्टरनेशनल म्यूजिक अवार्ड — २०२५ को २२ बिधामा सर्वोतकृष्ट पाँच अनलाईनबाट सार्वजानिक(सुचि सहित)सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियरर्स नेपालद्वारा तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन आयोजनाचीनको गुइलिनमा आगामी वैशाखमा नेपाल(चीनबीच सांस्कृतिक तथा पर्यटन प्रवर्द्धन गरिनेराम नवमीमा राम भजन ‘मनमा बसाएर राम’ सार्वजनिक (भिडियो सहित)त्रिशूली अल्ट्रा रेसमा होमलाल र सुनसरी पहिलोलोमश वाङ्मयको नियात्रा विशेष कार्यक्रम सम्पन्न

सङ्क्रमण रोकथाम गर्न नर्सलाई तालिम

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ चैत्र २५ गते, सोमबार ०६:३७

काठमाडौँ, २४ चैत : अस्पतालमा हुने सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि अस्पतालमा कार्यरत नर्सहरुलाई तालिम प्रदान गरिएको छ ।

‘इन्फेक्सन कन्ट्रोल सोसाइटी अफ नेपाल (आइसिएसओएन)’ले ग्राण्डी अस्पतालसँगको सहकार्यमा उपत्यकाका विभिन्न अस्पतालमा कार्यरत नर्सहरुलाई दुई महिने तालिम प्रदान गरेको हो । दुई महिने तालिमको आज समापन कार्यक्रममा वरिष्ठ नर्स लालदेवी महर्जनले अस्पतालमा आउने बिरामीलाई सङ्क्रमण हुन नदिन यस्ता तालिमबाट सहयोग पुग्ने बताउनुभयो । उक्त तालिममा बिरामीलाई कस्तो कोठामा राख्ने, हावा कस्तो हुने, कस्तो सामान प्रयोग गर्दा सङ्क्रमण कम हुन्छलगायत बारेमा जानकारी गराइएको थियो ।

इन्फेक्सन कन्ट्रोल सोसाइटी अफ नेपालकी उपाध्यक्ष प्रमिला श्रेष्ठले तालिममा स्वास्थ्य संस्था सम्बद्ध सङ्क्रमण रोकथाम र नियन्त्रणका क्षेत्रमा शिक्षा, सचेतना, अध्ययन–अनुसन्धान तथा सहकार्यको क्षेत्रमा सोसाइटीले काम गर्दैआएको बताउनुभयो ।

सन् २०२० मा स्थापना भएको उक्त सोसाइटीले हालसम्म देशभरका विभिन्न अस्पतालमा कार्यरत ११३ नर्सहहरुलाई सङ्क्रमण रोकथामसम्बन्धी तालिम प्रदान गरिसकेको छ । आज सम्पन्न भएको पाँचौँ सङ्क्रमण रोकथाम तालिममा देशभरका विभिन्न अस्पतालमा कार्यरत १६ नर्सको सहभागिता रहेको थियो । नेपाल सरकारले सञ्चालन गर्ने हरेक सङ्क्रमण रोकथाम तथा नियन्त्रणसम्बन्धी कार्यक्रममा सोसाइटीले भूमिका निर्वाह गर्दैआएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु