नेपाली जनसम्पर्क समितिको पाँचौं अधिवेशन सफलतापूर्वक सम्पन्न पारस मणि मिश्र अध्यक्षमा निर्वाचित, राजदूतावास स्थापनामा पहल गर्ने निर्णयदक्षिण एसियाली युथ टेबलटेनिस बिहीबारदेखिजुडो टोली थाइल्यान्ड प्रस्थानसर्टफिल्म ‘पाउलो’ चीनको स्मलरीग अवार्डको नोमिनेशनमाआमाको मुख हेर्ने दिनलाई लक्षित गर्दै नेपाल हाउस बेकरीबाट विशेष केक अफरआयोजक एकेडेमी ६ स्वर्णसहित अगाडिएनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समितिदोहोरी गायक सचिन भट्टराईको नयाँ गीत ‘युके लान्छु रेलीमै’ सार्वजनिकप्रेमिल गीत ‘ए तन' सार्वजनिकअमेरिकाको बोस्टनमा गुन्जिदै "नेपथ्य" ब्याण्ड अमेरिकामा नेपथ्य लाइभ इन बोस्टन हुँदै

प्रेमिल गीत ‘ए तन’ सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ बैशाख ८ गते, सोमबार ०५:३६

काठमाडौँ । गायिका गीता पाण्डे र मनीष चौधरीको स्वर रहेको प्रेमिल गीत ‘ए तन’ सार्वजनिक गरिएको छ । मनोज चौलागाईको शब्द तथा संगीत रहेको रोमान्टिक गीतमा चौलागाईकै संगीत संयोजन छ ।
लामो समय संगीत साधना गरेकी गायिका पाण्डे भाइरल गीत गाउन नचाहेका कारण उति साह्रो चर्चामा आउन भने सकेकी छैनन् । २०७४ सालमा एल्बम ‘यात्रा’ मार्फत सांगीतिक बजारमा आएकी गीताका भने तीन दर्जन बढी गीत सार्वजनिक भएका छन् ।
रचनाकार चौलागाईका यस अघि दश वटा गीत प्रकाशित छन् । उनका केही फुटकर आधुनिक तथा फिल्मी गीतहरू चर्चामा रहे । प्रेम प्रतिका सम्झनामा लेखिएको गीतको भिडियोमा मोडल रोजेन सुन्दास साथै मिशेल घिमिरे फिचर्ड छन् । एक प्रेमील जोडीको रोमाञ्चक प्रेम कथा भिडियोमा समेटिएको छ ।
गीतको म्यूजिक भिडियो निर्देशन नितिन चन्दले गरेका छन् । उमेश शाहले छायाँङ्कन गरेको भिडियोको दृष्य सम्पादन बिकास धमलाले गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु