नेपाली जनसम्पर्क समितिको पाँचौं अधिवेशन सफलतापूर्वक सम्पन्न पारस मणि मिश्र अध्यक्षमा निर्वाचित, राजदूतावास स्थापनामा पहल गर्ने निर्णयदक्षिण एसियाली युथ टेबलटेनिस बिहीबारदेखिजुडो टोली थाइल्यान्ड प्रस्थानसर्टफिल्म ‘पाउलो’ चीनको स्मलरीग अवार्डको नोमिनेशनमाआमाको मुख हेर्ने दिनलाई लक्षित गर्दै नेपाल हाउस बेकरीबाट विशेष केक अफरआयोजक एकेडेमी ६ स्वर्णसहित अगाडिएनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समितिदोहोरी गायक सचिन भट्टराईको नयाँ गीत ‘युके लान्छु रेलीमै’ सार्वजनिकप्रेमिल गीत ‘ए तन' सार्वजनिकअमेरिकाको बोस्टनमा गुन्जिदै "नेपथ्य" ब्याण्ड अमेरिकामा नेपथ्य लाइभ इन बोस्टन हुँदै

दक्षिण एसियाली युथ टेबलटेनिस बिहीबारदेखि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ बैशाख १० गते, बुधबार ०५:३९

अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा दक्षिण एसियाली युथ टेबलटेनिस प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।
प्रतियोगितामा नेपालसहित ६ राष्ट्रका ८५ खेलाडीको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका महासचिव कुबेरप्रकाश सिंहले जानकारी गराए । भुटान बाहेक सबै दक्षिण एसियाली राष्ट्रको सहभागिता रहने छ ।
यु–१९ र यु–१५ उमेरसमूहमा टिम इभेन्ट, सिंगल्स, डबल्स र मिक्स डबल्समा गरी जम्मा १४ स्वर्णका लागि प्रतिस्पर्धा हुने छ । प्रतियोगिता उज्वेकिस्तानमा हुने एसियाली जुनियर टेबलटेनिसको छनोटका रुपमा समेत रहेको टेबलटेनिसका मुख्य प्रशिक्षक मोहनदास बासुकलाले जानकारी गराए ।
मुख्य प्रशिक्षक बासुकलाका अनुसार यु–१९ को टिम स्पर्धामा पहिलो र दोश्रो हुने टोली एसियाली जुनियर टेबलटेनिसका स्वतः छनोट हुने छन् । यो उपलब्धि हासिल गर्न नसक्ने राष्ट्रको हकमा प्रत्येक राष्ट्रलाई यु–१५ उमेरसमूहमा समान १÷१ पुरुष÷महिला खेलाडीलाई वाइल्ड कार्डमार्फत सहभागिताका लागि कोटा प्रदान गरिने छ ।
आयोजक संघका अध्यक्ष वृजेन्द्रबहादुर हमालले प्रतियोगिता सञ्चालन गर्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिदै आभार प्रकट गरे । एसियाली टेबलटेनिस युनियनको वार्षिक क्लोन्डर अनुसार हुन लागेको चारदिने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु