लोमश वाङ्मय प्रतिष्ठानको सर्जकहरुको कृति माथि परिचर्चा र साहित्यिक यात्राअयरल्यण्डमा प्रसन्त तमाङको साथमा सोनम ल्होछार मनाउनेदक्षिण एसियाली स्ट्रिट डिफेन्स सुरुसाग रजत विजेता ललिता सम्मानितसदभावलाई बङ्गलादेश एमेच्योर गल्फ च्याम्पियनसिपको उपाधिई–प्लानेट नेशनल हाइस्कुल च्याम्पियनसीपका लागि लुम्बिनीबाट प्यारामाउन्ट बोर्डिंग हाईस्कुल छनोटराष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा सलामी अर्पणबुढानीलकण्ठ अप्टिमिस्टिक क्लबद्वारा लागु औषध बारे सचेतना कार्य​क्र​म​, स्वास्थ्य शिविर एवम खाद्यान्न सहयोगनेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्गठनको अध्यक्षमा डेकनाथ गौतमचावहिल क्वाटरफाइनलमा

लोमश वाङ्मय प्रतिष्ठानको सर्जकहरुको कृति माथि परिचर्चा र साहित्यिक यात्रा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ पुष २८ गते, आईतवार ०८:०७

काठमाडौं । बिधिवत रुपमा दर्ता भएर छोटो समयमा साहित्यिक उत्थानको क्षेत्रमा आफ्नो प्रभावकारीता जमाउन सफल संस्था लोमश वाङ्मय प्रतिष्ठानले सर्जक जगदीश्वर पोखरेलको “पद्यकुञ्ज”माथि परिचर्चा तथा छन्द विशेष कविता वाचन कार्यक्रम सम्पन्न गरेको छ ।
प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे “ अटल ”को सभापतित्वमा सम्पन्न कार्यक्रममा डा.अमर गिरीको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रम प्रतिष्ठानका सचिव नवीन पल्लवले सन्चालन गर्नु भएको थियो ।
प्रारम्भ वल्र्ड स्कुल एण्ड कलेज, तार्केश्वर ,शान्तिटोलको शभाहलमा भएको कार्यक्रममा सोहि स्कुलका प्राचार्य कमल प्रसाद ज्ञवालीले सबैलाई स्वागत मनतव्यबाट स्वागत गर्नु भएको थियो ।
आयोजक संस्थाको तर्फबाट कार्यसमिति सदस्य अप्सरा के.सी.ले स्वागत मनतब्य राख्दै साहित्य प्रेमी सबैमा हार्दिक अभिवादन व्यक्त गर्नु भयो ।
कार्यक्रममा त्रिशुली वाङ्मय प्रतिष्ठानका उपाध्यक्ष राजेन्द्रमान डंगोल,सुचक प्रकाशनका अध्यक्ष दिपक भेटवाल लगायत बिभिन्न क्षेत्रका साहित्यकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा विशेष वक्ताको रुपमा रहनु भएका “पद्यकुञ्ज”माथिको परिचर्चाकार शैलेन्द्रप्रकाश नेपालले आफ्नो धारणा राख्नु भएको थियो ।
आफ्नो धारणा राख्दै नेपालले “ चाहे छन्दमा लेख्नुस्,चाहे पद्यमा लेख्नुस् , आम मानिसको मुखमा झुण्डने र बुभ्mने भाषामा लेख्न्ुस् तर कविता चैं लेख्नुस् ” भन्दै नेपालमा लेखिने कविताहरुको व्यंग्य समेत गर्नु भएको थियो भने छन्द कविताको बारेमा नेपाली बिशेषताको व्याख्या समेत गर्नु भएको थियो ।
नेपालले समग्रमा सर्जक जगदीश्वर पोखरेलको “पद्यकुञ्ज” आम साहित्य प्रेमी हरुकोलागि नयाँ स्वाद लिएर आएको बताउनु भयो ।
कार्यक्रममा बिभिन्न क्षेत्रबाट आउनुभएका सर्जक तथा साहित्यकारहरुले आफ्नो सिर्जना प्रस्तुत समेत गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको मनतव्य राख्दै डा.अमर गिरीले सर्जकहरुको संख्या ह्वात्तै बढे पनि नेपाली साहित्यको गुणस्तरभने बढ्न नसकेकोमा आफु निकै चिन्तित रहेको बताउनु भयो ।
कार्यक्रमको अन्त्यमा आफ्नो धारणा राख्दै संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति माधव घिमिरे “अटल” ले यस्ता कार्यक्रमहरुले श्रष्टा र सर्जकहरुलाई एउटै मन्चमा राखेर परिचर्चा मार्फत अझ खारिएको सिर्जनाकोलागि नयाँ पंति उत्पादन गर्न सहयोग गर्ने विस्वास व्यक्त गर्नु भयो । साथै संस्थाको हरेक कामहरुलाई प्रभावकारी बनाउन महत्वपुर्ण भुमिका खेल्ने सबैमा हार्दिक आभार समेत व्यक्त गर्नु भएको थियो ।
संस्थाले प्रतेक महिनाको अन्तिम शनिवार फरक बिधाका श्रष्टा र सर्जक हरुसंग अन्तरकृया तथा सर्जकहरुले प्रकाशनमा ल्याएका कृतिहरुमाथि परिचर्चा गर्ने कार्यक्रमहरु गरिरहेको छ । साथै संस्थाले आफ्ना साहित्यीक कार्यक्रमहरुलाई नियमित ढंगबाट अगाडी बढाउन यस गत महिनानै अक्षयकोष स्थापना गरेको छ भने आजिवन सदस्यता अभियान समेत चलाई रहेको छ ।
संस्थाले बिभिन्न बिधिाका सर्जकहरुको कृति प्रकाशनमा समेत सहजिकरण गरिदिने योजना बनाएको तथा सात कक्षामा पढ्दै गरेका एकजना बिद्यार्थीको कृति प्रकाशानको तयारीमा समेत रहेको संस्थाका सचिव नविन पल्लवले जानकारी दिनु भयो ।
कार्यक्रम संन्चालकको भुमिकामा रहेका संस्थााका सचिव पल्लवले साहित्यकारहरुले आफ्नो सिर्जना वाचन गर्दै गर्दा आम दर्शक श्रोताले कुन रुपमा प्रतिकृया जनाई रहेकाछन् भन्ने ख्याल गर्न आग्रह गर्नु भयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु