दोहोरी गायक सचिन भट्टराईको नयाँ गीत ‘युके लान्छु रेलीमै’ सार्वजनिकप्रेमिल गीत ‘ए तन' सार्वजनिकअमेरिकाको बोस्टनमा गुन्जिदै "नेपथ्य" ब्याण्ड अमेरिकामा नेपथ्य लाइभ इन बोस्टन हुँदैतेक्वान्दोका अदिशले अस्ट्रेलिया र जापानमा खेल्नेतेवान्दो टोली चीन जानेएमएडब्ल्यू वृद्धिले नेपालभर १००+ ईभी चार्जिङ स्टेशनहरूको कोशेढुङ्गा मनाउदैडिष्ट्रिक्ट ३२५ जे नेपालको गभर्नरमा लायन मिलन बाबु मल्ल निर्वाचितशिशिर घिमिरे स्मृति सम्मान र छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्ननेक अल्मुनाई मिटः दक्ष जनशक्ति उत्पादनमा कलेजले पुर्याएको योगदानको प्रशंसाअन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

दक्षिण एसियाली स्ट्रिट डिफेन्स सुरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ पुष २७ गते, शनिबार १८:३८

नेपाल जितकुण्डो मार्सल आर्ट्स संघको आयोजनामा प्रथम दक्षिण एसियाली स्ट्रिट डिफेन्स प्रतियोगिता शनिबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ ।
प्रतियोगिताको मुख्य प्रायोजक टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले एक कार्यक्रमबीच उद्घाटन गरे । पुरुषमा ५ र महिलामा २ गरी ७ स्पर्धामा प्रतिस्पर्धा भइरहेको आयोजक संघका महासचिव एवं प्रमुख प्रशिक्षक शिवबहादुर थापाले जनाएका छन् । प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र श्रीलंकाबाट ७० खेलाडी सहभागी छन् ।
पहिलो दिन पुरुष ५० केजीमुनि विजय थापाले सञ्जय दनुवार तथा नितेश कठायतले केशव पुजारालाई पराजित गरी फाइनलमा प्रवेश गरे । पुरुष ६० केजीमुनि अल्ताब दनुवारले अर्जुन परियार तथा नरेन्द्र दनुवारले अमित थापालाई हराउदै फाइनलमा स्थान सुरक्षित गरे । पुरुष ६५ केजीमुनि विश्व तामाङले सन्जित तामाङ तथा सन्जित माझीले सुशान्त माझीलाई पाखा लगाउदै फाइनल यात्रा तय गरे ।
हरेक तौलसमूहमा नगद पुरस्कार राखिएको छ । कुल पुरस्कार राशी ३ लाख ५० हजार रुपैयाँ रहेको आयोजक संघका अध्यक्ष रामबहादुर ठकुारीले जानकारी गराए । प्रत्येक स्पर्धाको कुल पुरस्कार राशी ५० हजार रुपैयाँ रहेको छ । प्रतियोगिता सञ्चालनका लागि प्रशिक्षकद्वय स्पेनका जेक्विन मार्सेलो, पोल्यान्डका माइकल जाप्लालगायत दक्षिण एसियाली राष्ट्रका निर्णायिक नेपालमा छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु