भू-उपग्रह प्रविधिको प्रयोगमार्फत नेपालको कृषि क्षेत्रको पहिचान गर्न सम्झौतागरिमा र रञ्जनको रोमान्सले भरिएको 'के गरौं भन तिम्रो हुनलाई' सार्वजनिक ( भिडियो )कफी क्लब च्यारिटी फुटसल शनिबारUnmissable' Pre-Budget Offer in Deepal EVs with Unmatched Style, Unrivalled Featuresव्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिमउत्पादन बढाउन आधुनिक खोर निर्माणमा जोड दिँदै वालिङ ।कहिँ कतै हराएँ भने भेट्न आउनु सपनीमा आभास हुन्छ घरि घरि, छौँ एकै सिरानीमाकाठमाडौँ जेसीजद्वारा पात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्नतेक्वान्दो टोली जापान जाँदैसमृद्ध मुलुक निर्माणमा इन्जिनीयरको महत्वपूर्ण भूमिका : उर्जामन्त्री खड्का

समृद्ध मुलुक निर्माणमा इन्जिनीयरको महत्वपूर्ण भूमिका : उर्जामन्त्री खड्का

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ बैशाख ११ गते, बिहीबार २०:०४

काठमाडौँ, ११ वैशाख । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले समृद्ध मुलुक निर्माणमा इन्जिनीयरको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।

नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इञ्जिनीयर्स एसोसियसन (सिडेन)को आयोजनामा ललितपुरमा आयोजना गरेको भविष्य निर्माणः नवप्रवर्तन लचिलोपन र दिगो विकास सम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उहाँले मुलुकको विकासमा इन्जिनीयरको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको हो ।

“विकास निर्माणमार्फत समृद्ध मुलुक निर्माण गर्न सरकार लागेको छ, यसमा इन्जिनीयरको महत्वपूर्ण भूमिका रहन्छ,”– उहाँले भन्नुभयो । मन्त्री खड्काले गुणस्तरीय पूर्वाधार निर्माणमा सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले मुलुकको आर्थिक विकासका लागि बाधक भएका कानुन संशोधन गर्दै अगाडि बढ्न सरकार लागेको बताउनुभयो । उर्जामन्त्री खड्काले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य सरकारले लिएको भन्दै उक्त लक्ष्य पुरा गर्दा थुप्रै इन्जिनीयरले रोजगार पाउने उल्लेख गर्नुभयो ।

बुढीगण्डकी आयोजनालाई मात्र अगाडि बढाउन सकेपनि १७ हजार बढीले रोजगारी पाउने उहाँको भनाई थियो । उहाँले मुलुकको विकासका लागि इन्जिनीयरको सहयोग र सल्लाह अझ बढी आवश्यक रहेको बताउनुभयो । इन्जिनीयर विना देश विकास हुन नसक्ने मन्त्री खड्काको भनाई थियो । उर्जामन्त्री खड्काले निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्न चाहेकोे बताउनुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु