दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

तेक्वान्दो टोली जापान जाँदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ बैशाख ११ गते, बिहीबार २०:१०

काठमाडौं, बैशाख ११ गते ।
वाटा (डब्लुएटीए) अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको २१ औं संस्करणमा सहभागी हुन ९ खेलाडीसहित १५ सदस्यीय नेपाली टोली बिहीबार जापानको ओसाका प्रस्थान गर्दै छ । टोली राती ११ः०० बजे जापान प्रस्थान गर्ने छ ।
अप्रिल २५ देखि २७ तारिखसम्म हुने प्रतियोगितामा अंकित गौतम, चन्द्रप्रसाद गौतम, खुशी गौतम, मलाइका घुल्लु, वीरेन्द्र हुमागाईं, योगेश योगी, सफल लामा, सुलभ शर्मा र खुशी जोशीले प्रतिस्पर्धा गर्ने छन् ।
टोली नेतामा प्रहलाद थापा तथा व्यवस्थापकमा विष्णु थापा, गंगाप्रसाद गौतम र प्रदिप थापा रहेका छन् । अन्तर्राष्ट्रिय निर्णायकद्वय टीकाप्रसाद लिम्बू र बब्लु सिवाकोटीले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिहीबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

तेक्वान्दो टोली जापान प्रस्थान
वाटा (डब्लुएटीए) अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको २१ औं संस्करणमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली बिहीबार जापानको ओसाका प्रस्थान गरेको छ ।
अप्रिल २५ देखि २७ तारिखसम्म हुने प्रतियोगितामा १ पुरुष र ३ महिला खेलाडीले चुनौती प्रस्तुत गर्ने छन् । पुरुष ६८ केजीमुनि विमल रोकायाले प्रतिस्पर्धा गर्ने छन् । महिला ७८ केजीमुनि मुना खवास मगर, ५२ केजीमुनि एन्जुना राई र ४२ केजीमुनि डोल्पा लामाले खेल्ने छन् ।
व्यवस्थापकमा समी पौडेल शर्मा छिन् । टोलीलाई नेपाल तेक्वान्दो संघका सदस्य कुमार लामा घिसिङले बिहीबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु