साँगे सभ्यता संरक्षण तथा विकास अभियानको आयोजनामा नव वर्ष २०८२ को उपलक्ष्यमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्ननयाँबसपार्क बचत तथा ऋण सहकारी संस्थाको १४ औँ साधारणसभा तथा अधिवेशन सम्पन्नउत्पादनमा जोड्न महिलालाई बाख्राका पाठी र बोका वितरणचार स्थानीय तहद्वारा नगरकोट भ्रमण वर्ष आयोजना, ११ लाख पर्यटक भित्र्याउने लक्ष्यगायिका देविका बन्दनालाई सम्मान ।। क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम ।।माटोको सुगन्ध लोकार्पण ।। मनमुटु र देशप्रेमले भरिएको सांगीतिक सिर्जना ।।उज्यालो टाईम्सद्वारा नववर्ष २०८२ को शुभकामना सहित भित्तेपात्रो (क्यालेण्डर) बिमोचनयुगिन कलाकार तथा निर्देशक पवन जोशीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड ।। नेवाः साधना कला केन्द्रको गौरबमय सम्मान ।।।बैरो संघको अध्यक्षमा गुरुङ,प्रथम उपाध्यक्षमा श्रेष्ठ, महासचिवमा बस्नेत र कोसाध्यक्षमा सिन्जाली विजयी,सबैसङ्ग सहकार्य गरेर अगाडी बढने गुरुङको घोषणा१९ मा हिमाल र इभाना च्याम्पियन

काठमाडौंमा अन्र्तर्राष्ट्रिय शाकाहारी सम्मेलन हुँदै ।

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ फाल्गुन २४ गते, बिहीबार १४:४३

फागुन २४, काठमाण्डौ । आउँदो शनिवार र आइतबार काठमाडौंमा अन्र्तराष्टीय स्तरको Asia Pacific  भेजिटेरियन सम्मलेन हुँदैछ । नेपाल शाकाहारी संघ र अन्र्तराष्टीय शाकाहारी संघ (आइभियु) को सहकार्यमा हुन लागेको सो महोत्सव शाकाहारी परिकारहरूको समेत महोत्सवसमेत हुने संस्थाका उपाध्यक्ष कृष्ण गुरूङले जानकारी दिएका छन ्। विभिन्न तीस देशबाट निम्तालु आउने सो कार्यक्रम नेपालमै पहिलो भएको संस्थाका महासचिव सुरेस शर्माले जानकारी दिए । नेपालभरीका चार सय बढी प्रतिनिधी सहभागी हुने कार्यक्रममा शाकाहारी जीवनशैलीलाई वैज्ञानिक कसीमा बहस र व्याख्या गरिने बताइएको छ । कार्यक्रम काठमाडौंको महेन्द्र पुलिस क्लबमा हुनेछ ।

मासु र जनावरजन्य उत्पादनले क्यान्सर लगायतका असाध्य रोगमा योगदान गरिरहेको सन्दर्भमा शाकाहारको महत्व जगाउने र यसको प्रवद्र्धन गर्ने कार्य अत्यन्तै आवश्यक भएको रेडियो जकी तथा संघकी सदस्य रिता लिम्बुले बताइन् । महोत्सवको उद्घाटन विगत बीस वर्षदेखि शाकाहारी खानपान अपनाउँदै आएकी बालवालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले गर्ने बताइएको छ । कार्यक्रमको प्रायोजन नेपाल पर्यटन बोर्ड, काठमाडौं महानगरपालिका, हेल्लो नेपाल, हिमालयन अनटप र जनता बैंकले गरेको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु