दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

युगिन कलाकार तथा निर्देशक पवन जोशीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड ।। नेवाः साधना कला केन्द्रको गौरबमय सम्मान ।।।

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ चैत्र ३० गते, शनिबार १४:१६

काठमाडौं। नेपाली तथा नेपालभाषा चलचित्रका युगिन कलाकार तथा निर्देशक पवन जोशीलाई लाइफटाइम अचिभमेन्ट अवार्डवाट सम्मानित हुने भएको छ। नेवाः साधना कला केन्द्रले आफ्नो स्थापना दिवसको अवसरमा युगिन कलाकार तथा निर्देशक जोशीलाई लाइफटाइम अचिभमेन्ट अवार्डवाट सम्मानित गर्न लागेको हो।

आगामी नयाँ बर्ष २०८२ साल बैशाख महिनाभित्र हुन गैरहेको नेवाः साधना कला केन्द्रको स्थापना दिवसको अवसरमा जोशीलाई उक्त लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने जानकारी नेवाः साधना कला केन्द्रका अध्यक्ष तथा महाप्रवन्धक सुन्दरमान श्रेष्ठ (बागमती भाइ)ले दिएका छन्। बागमती भाइका अनुसार, उक्त दिन बागमती भाइका रचनाका गीत–संगीतको सांगीतिक तथा साहित्यिक सिर्जनात्मक कार्यक्रम हुने भएको छ।

नेवाः साधना कला केन्द्र लाइफटाइम अचिभमेन्ट अवार्डवाट सम्मानित हुनगैरहेका युगिन कलाकार तथा निर्देशक जोशीले कलायात्रा विसं.२०२४ सालवाट गरेका हुन्। डबली नाटकवाट शुभारम्भ भएको जोशीको कलायात्रामा टेलिफिल्म, भिडियो फिल्म हुदैं ठूला पर्दाका चलचित्रसम्म निरन्तर पचास बर्षभन्दा बढी भैसकेको छ। यस अवधिमा दर्जनौ चलचित्रको निर्देशन तथा सयौं गीतका भिडियोमा पनि निर्देशन गरेर युग विताइसकेका युगिन कलाकार तथा निर्देशक जोशी हाल अभिनयको अलावा निर्देशन र गीत लेखनमा नै व्यस्त छन्।

प्रकाशन मिति–२०८१ साल चैत्र ३० गते शनिवार ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु