एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले थाइल्यान्डमा नेपालको तर्फबाट गौरवमय प्रस्तुतिएनसीआईसीकेकी सचिव महराद्वारा अर्थमन्त्री पौडेलसँग भेट, बजेटमार्फत नीतिगत भ्रष्टाचार रोक्न आग्रहशनिबार भृकुटीमण्डपमा फुड फेस्टिभल हुनेग्लोबल स्टार अवार्डबाट प्रवासी नेपाली सेफहरू सम्मानितमधु र सागरको आवाजमा आयो ‘सनई ढोलाकी’,नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदैगोर्खाली रग्बीद्धारा फिफ्टिन्स रग्बीको उपाधि रक्षाPakistan Embassy in Kathmandu hosts reception to mark Pakistan's 85th National Dayसनवे कलेज र होस्टल व्यवसायी संघ बीच शैक्षिक सहयोग सम्झौतानेपाली नयाँ बर्षको अवसर पारी 2th फुटसाल जो जो युवा क्लब लार्नाका मा सम्पन्न

माटोको सुगन्ध लोकार्पण ।। मनमुटु र देशप्रेमले भरिएको सांगीतिक सिर्जना ।।

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ चैत्र ३० गते, शनिबार १७:४८

काठमाडौं। गीतकार टीका भट्टराई नेपालको गीतसङ्ग्रह ‘माटोको सुगन्ध’ लोकार्पण गरिएको छ। गीतकार सङ्घ नेपालको आयोजनामा बिहीबार सङ्घकै सभाहलमा एक विशेष समारोहबीच वरिष्ठ गायिका तथा सङ्गीतकार मीरा राणाको प्रमुख आतिथ्यतामा उक्त कृतिको लोकार्पण गरिएको हो।

गीतकार सङ्घ नेपालका अध्यक्ष वसन्त वित्यासी थापाको अध्यक्षतामा भएको कार्यक्रममा गीतकार सङ्घका सल्लाहकार तथा अमर भावना राष्ट्रिय स्रष्टा सम्मान अक्षय कोषका संरक्षक गीतकार अमर वान्तु, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज तथा अनेसास ट्रष्टकी पूर्व अध्यक्ष साहित्यकार गीता खत्री, वरिष्ठ सङ्गीतकार राजु सिंह र गीतकार रविन्द्र आशिष शैलीको विशेष आतिथ्यता रहेको थियो ।

संस्थाका अजिवन सदस्य सञ्चारकर्मी हरिराम पौडेलले सहजिकरण गरेको कार्यक्रममा स्रष्टा टिका भट्टराई नेपालले स्वागत मन्तव्य राख्दै छैटौं कृति पाठकमाझ ल्याउदाका अनुभव सुनाउनुभएको थियो । उहाँले आफू मोफसलमा रहेर साहित्य सिर्जना गरिरहेको भए पनि गीतकार सङ्घले आफूलाई स्नेह गरिरहेको बताउनुभयो ।

स्रष्टा टिकाका विषयमा लेखनाथ पुस्तकालय भद्रपुरका कार्यवाहक अध्यक्ष खगेन्द्रा खुशीले भनाइ राख्दै उहाँ वहुआयामिक व्यक्तित्व रहेको चर्चा गर्नुभएको थियो । कृतिको संमिक्षात्मक टिप्पणी राख्दै गीतकार सङ्घका पूर्व सचिव सुशिला पौडेलले यस गीतसङ्ग्रहमा विविधता रहेको भन्दै यसमा आम मानिसका साथै माटो र राष्ट्रका गीत रहेको चर्चा गर्नुभयो।

साहित्यकार अचुत घिमिरे, आलेख साहित्यिक मासिकका सम्पादक केशव आचार्यका साथै प्रमुख अतिथि र विशेष अथितिहरूले आ(आफ्ना भनाइ राख्दै स्रष्टा भट्टराईलाई बधाई तथा शुभकामना दिनुभएको थियो । उहाँहरूले स्रष्टा भट्टराईको उर्जाशिल लेखन कार्य निरन्तर रहोस भन्दै कामना गर्नुभएको थियो।

सङ्घका अध्यक्ष तथा सभाध्यक्ष थापाले मोफसलमा रहेर पनि भट्टराईले निरन्तर आफूलाई लेखन कार्यमा सक्रिय राख्नु आफैँमा गौरवको विषय भएको भन्दै संघले केन्द्रमा मात्र नभएर मोफसलका साथै विदेशमा रहनुभएका गीतकारहरूलाई सङ्गठित गरिरहेको बताउनुभयो । उहाँले आफ्नो सिर्जनाको संरक्षण, हक अधिकारका लागि सदैव सचेत रहन स्रष्टा सर्जकलाई आग्रह गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथिलाई मायाको चिनो प्रदान गरिएको थियो।

कार्यक्रममा वरिष्ठ कलाकार उत्तम केसी, वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशी, वरिष्ठ रेडियोकर्मी धन लामा, संस्कृतिविद् जितेन राई, साहित्यकार राजबाबु श्रेष्ठ सागर, गीतकार प्रमोद ढुंगाना, आशबहादुर तामाङ, दिलिप योञ्जन, भरत बमजन, राम भट्टराई, एलएन ठुले राई, बालक गुरुङ, रचना प्रसाईं, नारायणकुमार आचार्य, प्रमोद भट्टराई ‘प्रतिक’, तुलसी गिरी भावुक, शुसिला बराल लगायतका व्यक्तित्वको बाक्लो उपस्थिति थियो ।

झापाको कनकाइ नगरपालिका–३ मा जन्मिएर त्यही क्षेत्रलाई कर्मथलो बनाउनुभएकी सर्जक भट्टराईका गीतहरूमा नेपाली चेलीहरूको कथा ब्यथाको कारुणिक उद्बोधन झल्किन्छ भने उहाँका कतिपय गीतहरू मनमुटु र देशप्रेमले ओतप्रोत छन् । बिहीबार लोकार्पण भएको कृति उहाँको छैटौं गीतिसङ्ग्रह हो । यससङ्ग्रहमा १११ वटा गीत सङ्ग्रहीत छन् । उहाँका केही गीत देशका विभिन्न गायक गायिकाको स्वरमा सजिएका छन् भने श्रोतातथा दर्शकको रोजाइमा पर्न सफल भएका छन् ।

प्रकाशन मिति–२०८१ साल चैत्र ३० गते शनिवार ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु