साँगे सभ्यता संरक्षण तथा विकास अभियानको आयोजनामा नव वर्ष २०८२ को उपलक्ष्यमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्ननयाँबसपार्क बचत तथा ऋण सहकारी संस्थाको १४ औँ साधारणसभा तथा अधिवेशन सम्पन्नउत्पादनमा जोड्न महिलालाई बाख्राका पाठी र बोका वितरणचार स्थानीय तहद्वारा नगरकोट भ्रमण वर्ष आयोजना, ११ लाख पर्यटक भित्र्याउने लक्ष्यगायिका देविका बन्दनालाई सम्मान ।। क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम ।।माटोको सुगन्ध लोकार्पण ।। मनमुटु र देशप्रेमले भरिएको सांगीतिक सिर्जना ।।उज्यालो टाईम्सद्वारा नववर्ष २०८२ को शुभकामना सहित भित्तेपात्रो (क्यालेण्डर) बिमोचनयुगिन कलाकार तथा निर्देशक पवन जोशीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड ।। नेवाः साधना कला केन्द्रको गौरबमय सम्मान ।।।बैरो संघको अध्यक्षमा गुरुङ,प्रथम उपाध्यक्षमा श्रेष्ठ, महासचिवमा बस्नेत र कोसाध्यक्षमा सिन्जाली विजयी,सबैसङ्ग सहकार्य गरेर अगाडी बढने गुरुङको घोषणा१९ मा हिमाल र इभाना च्याम्पियन

लक्ष्मेस्वरी मा.बि नुवाकोटमा धार्मिक महोत्सव बैशाख ४ गतेदेखी १२ गतेसम्म

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ चैत्र २६ गते, सोमबार ०४:१४

नुवाकोट – बेल्कोटगढी- ३ नुवाकोट मा रहेको श्री लक्ष्मेस्वरी माध्यमिक बिधालयले शैक्षिक सत्र २०७५-०७६ मा कक्षा ११-१२ सन्चालन गर्ने उदेश्य ले आगामी बैशाख ४ गतेदेखी बैशाख १२ गतेसम्म बिधालय प्राङ्गणमा “१०८ श्रीमद्भागवत सप्ताह धन-धान्यान्चल ज्ञान महायज्ञ एवम धार्मिक महोत्सव ” तथा बिबिध साँस्कृतिक कार्यक्रम गर्ने उदेश्य ले कार्यक्रमको भब्य तयारी भैरहेको छ ।बिधालय ब्यबस्थापन समितीका अध्यक्ष शम्भु प्रसाद पनेरुको अध्यक्षतामा अन्तर्राष्ट्रिय ख्यातीप्राप्त बाचक बालतपस्वी पं. श्री. उत्तम भट्ट महाराज समेतको उपस्थितिमा आज काठमाडौ,बालाजु स्थित “मनमोहन मेमोरियल बिधालय ” मा पुर्ब बिद्यार्थीहरु तथा ब्यबस्थापन समिती सदस्य हरुको विशेष भेटघाट तथा चियापान कार्यक्रम गरि आर्थिक , प्रचार -प्रसार , कार्यक्रम ब्यबस्थापन समिती गठन गरिएको छ ।साथै कार्यक्रम मुल आयोजक समिती सदस्यता थप गर्ने कार्यक्रम समेत सम्पन्न भएको छ |

आर्थिक तथा भौतिक स्रोत साधन को कमि रहेको उक्त बिधालय ले आर्थिक तथा भौतिक स्रोत जुटाई कक्षा ११ -१२ संचालन गर्ने उदेश्य ले कार्यक्रम गर्न लागिएको साथै उक्त कार्यक्रम ले बिधालयमा कक्षा ११-१२ सन्चालन मा महत्वपुर्ण भुमिका रहने बिधालयका प्रधानाध्यापक अर्जुन कुमार पुडासैनी ले जानकारी दिनुभएको छ ।साथै उहाले यस्ता धार्मिक कार्यक्रममा धेरै ब्यक्ती को उपस्थिती हुनुपर्ने .सबैले आफ्नो क्षेत्रबाट चुस्त दुरुस्त ढंगले सहयोग तथा कार्यसम्पादन गर्नुपर्ने  जिकिर गर्दै यो कार्यमा सबैले आफ्नो ठाउँ बाट सहयोग को हात अगाडी बढाउन अपील पनि गर्नुभयो ।कार्यक्रममा प्रधानाध्यापक अर्जुन कुमार पुडासैनी ,पूर्व माननीय सभासद बिमला सुबेदी , समाजसेवी जगत लामा ,युवा ब्यबसायी रुद्र ढुंगेल ,बिद्यालय व्यवस्थापन समितीका पूर्व अध्यक्ष तेजप्रसाद मुडभरी ,१०८ श्रीमद्भागवत रास्ट्रशान्ति महाअनुष्ठान अभियान संयोजक बासुदेब घिमिरे लगायतका थुप्रै  बक्ताले आ-आफ्नो भनाई राख्नुभएको थियो |

साथै आ-आफ्नो स्थानबाट सहयोग गर्ने समेत जानकारी गराएका थिए |कार्यक्रम मुल समिति संयोजक बिधालय ब्यबस्थापन समितीका अध्यक्ष शम्भु प्रसाद पनेरू र सह-संयोजक समाजसेवी जगत बहादुर लामा ,आर्थिक समिती संयोजक उमेश मुडभरी ,प्रचारप्रसार समिती संयोजक बेदनिधी मुडभरी साथै मिडिया प्रचारप्रसार संयोजकमा घनश्याम मुडभरी लाई तोकिएको छ   ।

           कार्यक्रमहरु

मिती :- २०७५ बैशाख ४ गतेदेखी बैशाख १२ सम्म

स्थान :- बेलकोटगढी  न.पा.-३ ,कुमारी रूपीङ्ग,नुवाकोट

           श्री लक्ष्मेस्वरी माध्यमिक बिधालय प्रांगण

कथा वाचन समय : ११:०० बजेदेखी ४:०० बजेसम्म

                प्रत्येक दिन बिहान ८:१५ बजे चरु हवन

पुजा समय : बिहान ६ बजेदेखी शालीग्राम पुजा

                 बिहान ७ बजेदेखी नित्य पुजा अर्चना

                 बिहान ८ बजेदेखी भागवत पुराण

           बिशेष कार्यक्रमहरु 

पुर्वांग पुजा/कलश यात्रा : २०७५ बैशाख ४ गते

कलश यात्रा समय : बिहान ९ बजे

कार्यक्रम समुद्घाटन : बिहान ११ बजे

२०७५ बैशाख ११ गते दिउँसो ४ बजे श्रीमद भागवतमा तिल अर्पण  एवम साँझ ७ बजे लाख बत्ती प्रज्वलन |

पुनश्च : प्रत्येक दिन साँझ ७ बजेदेखी १० बजेसम्म भजन कीर्तन कथा प्रवचन तथा झाँकी प्रदर्शन |

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु