साँगे सभ्यता संरक्षण तथा विकास अभियानको आयोजनामा नव वर्ष २०८२ को उपलक्ष्यमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्ननयाँबसपार्क बचत तथा ऋण सहकारी संस्थाको १४ औँ साधारणसभा तथा अधिवेशन सम्पन्नउत्पादनमा जोड्न महिलालाई बाख्राका पाठी र बोका वितरणचार स्थानीय तहद्वारा नगरकोट भ्रमण वर्ष आयोजना, ११ लाख पर्यटक भित्र्याउने लक्ष्यगायिका देविका बन्दनालाई सम्मान ।। क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम ।।माटोको सुगन्ध लोकार्पण ।। मनमुटु र देशप्रेमले भरिएको सांगीतिक सिर्जना ।।उज्यालो टाईम्सद्वारा नववर्ष २०८२ को शुभकामना सहित भित्तेपात्रो (क्यालेण्डर) बिमोचनयुगिन कलाकार तथा निर्देशक पवन जोशीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड ।। नेवाः साधना कला केन्द्रको गौरबमय सम्मान ।।।बैरो संघको अध्यक्षमा गुरुङ,प्रथम उपाध्यक्षमा श्रेष्ठ, महासचिवमा बस्नेत र कोसाध्यक्षमा सिन्जाली विजयी,सबैसङ्ग सहकार्य गरेर अगाडी बढने गुरुङको घोषणा१९ मा हिमाल र इभाना च्याम्पियन

सरकारलाई असफल पार्ने नियतका साथ चिकित्सकहरुको आन्दोलन: सांसद पोखरेल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र १७ गते, आईतवार १०:४४

‘चिकित्सकहरुको माग सम्बोधन गर्न सरकार र सदन दुवै तयार छ’

काठमाडौं, १७ भदौ ।सत्तारुढ दल नेकपाका सांसद कृष्णभक्त पोखरेलले चिकित्सकहरुको समस्या समाधान गर्नको लागि वर्तमान सरकार तयार रहेको बताएका छन् । उनले भने,‘चिकित्सकहरु आन्दोलन छोडेर वार्तामा आउनुपर्छ । उहाँहरुको समस्या सुल्झाउन सरकार र सदन दुवै तयार छ ।’

सांसद पोखरेलले मान्छेको जीवन रक्षा गर्ने चिकित्सकहरुप्रति सरकारले पूर्वाग्रही रुपमा नहेर्ने बताए । उनले भने,‘यदि कानूनमा केही सुधार गर्नुपर्ने छ भने हामी तयार छौं ।’ आजमात्रै कानूनमन्त्रीले चिकित्सकहरुको माग सम्बोधनको लागि विद्यायन समितिलाई पत्र पठाएको पनि उनले जनाए ।


उपचारमा डाक्टरहरुले लापरवाही वा हेलचेक्र्याँई गरेको भनेर छुट्याउने को हो ? भनि चिकित्सकहरुले अघि सारेको तर्कमा आफूहरुपनि सहमत रहेको उनले बताए । उनले भने,‘उपचारमा लापरवाही वा हेलचेक्र्याँई भएको वा नभएको भनेर छुट्याउनको लािग चिकित्सकहरुले भनेबमोजिम समिति गठन गर्न सरकार तयार छ ।’

उनले कानून संशोधन गर्नको लागि एकाध महिना लाग्ने भएकोले चिकित्सकहरुले तुरुन्त आन्दोलन फिर्ता गरि विरामीलाई सेवा दिनुपर्ने बताए । उनले भने,‘आन्दोलनबाट समस्याको समाधान खोज्न जरुरी छैन् ।’ उनले वर्तमान सरकारलाई असफल पार्ने नियतका साथ चिकित्सकहरुको आन्दोलन भएको आरोप लगाए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु