साँगे सभ्यता संरक्षण तथा विकास अभियानको आयोजनामा नव वर्ष २०८२ को उपलक्ष्यमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्ननयाँबसपार्क बचत तथा ऋण सहकारी संस्थाको १४ औँ साधारणसभा तथा अधिवेशन सम्पन्नउत्पादनमा जोड्न महिलालाई बाख्राका पाठी र बोका वितरणचार स्थानीय तहद्वारा नगरकोट भ्रमण वर्ष आयोजना, ११ लाख पर्यटक भित्र्याउने लक्ष्यगायिका देविका बन्दनालाई सम्मान ।। क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम ।।माटोको सुगन्ध लोकार्पण ।। मनमुटु र देशप्रेमले भरिएको सांगीतिक सिर्जना ।।उज्यालो टाईम्सद्वारा नववर्ष २०८२ को शुभकामना सहित भित्तेपात्रो (क्यालेण्डर) बिमोचनयुगिन कलाकार तथा निर्देशक पवन जोशीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड ।। नेवाः साधना कला केन्द्रको गौरबमय सम्मान ।।।बैरो संघको अध्यक्षमा गुरुङ,प्रथम उपाध्यक्षमा श्रेष्ठ, महासचिवमा बस्नेत र कोसाध्यक्षमा सिन्जाली विजयी,सबैसङ्ग सहकार्य गरेर अगाडी बढने गुरुङको घोषणा१९ मा हिमाल र इभाना च्याम्पियन

आँधीका कारण अमेरिका र फिलिपिन्समा ३९ को मृत्यु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र ३१ गते, आईतवार ०८:४३

मनिला/वासिङटन, ३१ भदौ – फिलिपिन्सको उत्तरी क्षेत्र र अमेरिकाको क्यारोलिना क्षेत्रमा आएको आँधीका कारण आइतबारसम्म मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।

शक्तिशाली ‘माङ्खुट’ आँधीबाट फिलिपिन्समा मात्रै मृत्यु हुनेको संख्या २८ पुगेको स्थानीय अधिकारीहरुले आइतबार जनाएका छन् । फिलिपिन्सको उत्तरी क्षेत्रमा पर्ने लुजोन आइल्याण्डमा आँधीबाट सबैभन्दा बढी जनधनको क्षति भएको छ ।

राष्ट्रपतिका राजनीतिक सल्लाहकार फ्रान्सीस टोलेन्टीनोले स्थानीय एक रेडियोलाई दिएको अन्तर्वार्तामा कोर्डिलेरा प्रशासनिक क्षेत्रमा २०, नुएभा भिजाय प्रान्तमा चार जना र इलोकोज क्षेत्रमा एक जनाको मृत्यु भएको जानकारी दिनुभयो । थप अरु केहीको पनि मृत्यु भएको हुन सक्ने उहाँले आशंका गर्नुभयो ।
मृत्यु भएका मध्ये बागुओ सहरका एउटै परिवारका छजना भएको बताइएको छ । उनीहरुको घर भत्किएर मृत्यु भएको समाचारमा जनाइएको छ ।
आँधीका कारण जनजीवन नराम्रोसँग प्रभावित भएको छ । यस आँधीबाट फिलिपिन्समा मात्र ४० लाखभन्दा बढीलाई प्रभावित पार्ने देखिएको छ । आँधीले रुखहरु उखेलेको, घरका छाना उडाएको, झ्यालहरु फुटाएको र लुजोनका धेरै ठाउँमा पहिरो र बाढी आएको छ ।

आँधीपछि त्यो क्षेत्रमा बिजुली आपूर्ति बन्द भएको छ । हजारौँ मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ । सामुद्रिक र हवाइ यात्रामा रोक लगाइएको छ भने विद्यालयहरू बन्द गरिएका छन् ।

यो आँधी हाल हङकङ र चीनको पूर्वी भेगमा प्रवेश गरेको छ ।
त्यसैगरी अमेरिकाको क्यालिफोर्नियामा फ्लोरेन्स नाम दिइएको वर्षासहितको आँधीका कारण आइतबारसम्म कम्तीमा १३ जनाको मृत्यु भएको छ ।
आँधीले अमेरिकाको उत्तरी तथा दक्षिणी क्यारोलिनामा भौतिक संरचनामा पनि ठूलो क्षति पुगेको अधिकारीहरुले बताएका छन् ।
हावाहुरीले थुपै रुखहरु ढालेको छ भने घरहरु भत्काएको छ । आँधीका कारण धेरै ठाउँ जलमग्न भएका कारण सञ्चार तथा विद्युत सेवा विच्छेद भएको छ ।
मृत्यु भएका मध्ये दुई जना आमा र बच्चा समेत रहेका छन् । उनीहरुलाई रुख ढलेर उनीहरुकै घरमा च्यापेको थियो । घरमा आगलागी समेत भएको थियो ।
दक्षिण क्यारोलिनाको ह्याम्स्टेडमा एक महिलाको हृदयघात भएर मृत्यु भएको छ । आँधी आएपछि हृदयाघात भएकी उनलाई घरबाट उद्धार गर्न समेत कठिनाइ भएको बताइएको छ ।
स्थानीय हजारौं स्थानीय बासिन्दालाई सुरक्षित शिविरहरुमा लगिएको छ भने दशौँ लाख मानिस विद्युत सेवाबाट वञ्चित भएका छन् ।
मौसम अधिकारीहरुले हावाको बेग ११० किलोमिटर प्रतिघण्टा रहेको बताएका छन् । उनीहरुका अनुसार कतिपय ठाउँमा ठूलो वर्षासमेत भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु