साँगे सभ्यता संरक्षण तथा विकास अभियानको आयोजनामा नव वर्ष २०८२ को उपलक्ष्यमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्ननयाँबसपार्क बचत तथा ऋण सहकारी संस्थाको १४ औँ साधारणसभा तथा अधिवेशन सम्पन्नउत्पादनमा जोड्न महिलालाई बाख्राका पाठी र बोका वितरणचार स्थानीय तहद्वारा नगरकोट भ्रमण वर्ष आयोजना, ११ लाख पर्यटक भित्र्याउने लक्ष्यगायिका देविका बन्दनालाई सम्मान ।। क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम ।।माटोको सुगन्ध लोकार्पण ।। मनमुटु र देशप्रेमले भरिएको सांगीतिक सिर्जना ।।उज्यालो टाईम्सद्वारा नववर्ष २०८२ को शुभकामना सहित भित्तेपात्रो (क्यालेण्डर) बिमोचनयुगिन कलाकार तथा निर्देशक पवन जोशीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड ।। नेवाः साधना कला केन्द्रको गौरबमय सम्मान ।।।बैरो संघको अध्यक्षमा गुरुङ,प्रथम उपाध्यक्षमा श्रेष्ठ, महासचिवमा बस्नेत र कोसाध्यक्षमा सिन्जाली विजयी,सबैसङ्ग सहकार्य गरेर अगाडी बढने गुरुङको घोषणा१९ मा हिमाल र इभाना च्याम्पियन

आज देखि मेड इन पाकिस्तान प्रदर्शनी  काठमाडौंमा शुरु ।

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन १७ गते, बुधबार ११:३८
असोज १७, काठमाडौं । मित्रराष्ट्र पाकिस्तानमा तयारी बस्तुहरुको प्रदर्शनी आज देखि राजधानीको त्रिपुरेश्वरस्थि वल्ड टेड सेन्टरमा शुरु भएको छ ।
सो प्रदर्शनीको आज एक समारोहबीच नेपाल पाकिस्तान मैत्री तथा सांस्कृतिक संघका अध्यक्ष हिमालय शम्शेर राणाले  प्रदर्शनीका  उद्घाटन गर्नु भयो  ।
कार्यक्रममा बोल्दै अध्यक्ष राणाले नेपाल र पाकिस्तानबीच दौत्य सम्बन्ध बिस्तारको ६० वर्ष पुगे सके पनि व्यापार व्यवसायको क्षेत्रमा दुई मुलुकबीच त्यति अघि नबढेको बताउँदै यसलाई प्रर्दशनीमा छालाका सामान संगै खेलकुदमा सामानहरु पनि  राखिनु पर्ने बताउनु भयो ।
यसैगरी कार्यक्रममा मेड इन पाकिस्तान प्रदर्शनीलाई शुभकामना दिंर्दै नेपालका लागि पाकिस्तानका महामहिम राजदूत डा. मजहर जाभेदले यस खालको व्यावसायिक प्रदर्शनीले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउने अवधारणा राख्नु भयो ।
यसैगरी कार्यक्रममा राबलपिन्डी चेम्बर अफ कर्मसका अध्यक्ष तथा आयोजक खुर्शीद बर्लादले नेपालमा आफुले प्रदर्शनी गर्दा नेपालीहरुबाट राम्रो सहयोग पाएको बताउनु भयो ।

उद्घाटन कार्यक्रम पछि प्रमुख अतिथी हिमालय शम्शेर र महामहिम राजदूत जाभेदले प्रदर्शनीको अवलोकन गरेको थिए ।
आगामी असोज २३ गतेसम्म संचालन हुने प्रदर्शनीमा पािकस्तानमा उत्पादित विशेष गरी छालाका ब्याग, छालाका  ज्याकेट , फर्निचर, कुर्ता सुरुवाल, पश्चमिना ,घरायसी प्रयोजनका सामान , घरेलु उद्योग र प्रशाधनका बस्तुहरु राखिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु