साँगे सभ्यता संरक्षण तथा विकास अभियानको आयोजनामा नव वर्ष २०८२ को उपलक्ष्यमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्ननयाँबसपार्क बचत तथा ऋण सहकारी संस्थाको १४ औँ साधारणसभा तथा अधिवेशन सम्पन्नउत्पादनमा जोड्न महिलालाई बाख्राका पाठी र बोका वितरणचार स्थानीय तहद्वारा नगरकोट भ्रमण वर्ष आयोजना, ११ लाख पर्यटक भित्र्याउने लक्ष्यगायिका देविका बन्दनालाई सम्मान ।। क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम ।।माटोको सुगन्ध लोकार्पण ।। मनमुटु र देशप्रेमले भरिएको सांगीतिक सिर्जना ।।उज्यालो टाईम्सद्वारा नववर्ष २०८२ को शुभकामना सहित भित्तेपात्रो (क्यालेण्डर) बिमोचनयुगिन कलाकार तथा निर्देशक पवन जोशीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड ।। नेवाः साधना कला केन्द्रको गौरबमय सम्मान ।।।बैरो संघको अध्यक्षमा गुरुङ,प्रथम उपाध्यक्षमा श्रेष्ठ, महासचिवमा बस्नेत र कोसाध्यक्षमा सिन्जाली विजयी,सबैसङ्ग सहकार्य गरेर अगाडी बढने गुरुङको घोषणा१९ मा हिमाल र इभाना च्याम्पियन

सीके राउतविरुद्ध अमेरिकामा मधेसी युवाले भने– “हामी नेपाल टुक्रिन दिन्नौं”

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन १८ गते, बिहीबार ११:४३

पिट्सवर्ग, संयुक्त राज्य अमेरिका, १८ असोज । संयुक्त राज्य अमेरिकामा रहेका नेपाली मधेसी समुदायका युवा उद्यमी, व्यवसायी र विद्यार्थीले सीके राउतविरुद्ध जनकपुरबाट असहयोग आन्दोलन सुरु गर्ने घोषणा गरेका छन् ।

यही सन २०१८ को सेप्टेम्बर २३ तारिखको दिन अमेरिकाको पेनसिलिभ्यानिया राज्यको पिट्सवर्ग मेट्रो सिटीमा नेपाली मूलका विभिन्न पेशामा लागेका मधेसी समुदायका युवामाझ आयोजित एक वैचारिक गोष्ठीमार्फत उनीहरुले यस्तो निर्णय लिएका हुन् ।

महोत्तरी जिल्लाबाट अमेरिका आई यहाँ विगत एक दशकदेखि बस्दै आएका उद्यमी जय साहको अध्यक्षतामा उक्त गोष्ठी सम्पन्न भएको थियो । त्यस्तै गोष्ठीमा डा. राजेश साह (सुनसरी) ई. प्रणय साह (सिरहा), ई.सर्वेश मण्डल (सिरहा), ई. विनयविक्रम बर्मा (बाँके), डा. रविकान्त गुप्ता (सप्तरी), ई. अभि गुप्ता (सप्तरी), उद्योगपति सत्य साह (धनुषा), रञ्जन साह (धनुषा), कृष्ण गुप्ता (काठमाडौं), सञ्जय चौधरी (महोत्तरी), राजीव साह (महोत्तरी), राज साह (सर्लाही), अजय गुप्ता (पर्सा), बिकेश यादव (सिरहा), राजनन्दन यादव (बारा), अर्जुन मण्डल (महोत्तरी), रमेश यादव (धनुषा), जितेन्द्र साह (धनुषा)को उपस्थिति रहेको थियो ।

उक्त गोष्ठीमार्फत मधेसी समुदायका युवाले ‘युथ फर ट्वेन्टी टु सेन्चुरी’ नामक एनजिओ पनि गठन गरेको जय साहले जनाएका छन् ।
आफूहरुले मुख्यतयः कसरी जनकपुरबाट सीके राउतलाई रोक्न असहयोग आन्दोलन सुरु गर्ने र तराईका सबै जिल्लामा हामी नेपाल टुक्रिन दिन्नौं नामक अभियान चलाउने निर्णय गरेको साहले बताए । त्यस्तै उनले आफूहरुले गैर राजनीतिक तरिकाले सीके राउतको नाम नलिईकन सीके राउतको बढ्दो लोकप्रियतालाई कसरी रोक्ने भन्नेबारे पनि बृहत् छलफल गरेको जनाए ।

नेपाल र मधेसमा भएका बहुभाषीय, बहुजातीय र बहुभेषभूषामा भिन्नताका समस्यालाई गैर राजनीतिक तरिकाले कसरी समाधान गर्ने र जसले गर्दा अरु युवालाई अर्को सीके राउत बन्न नपरोस् भन्नेबारे पनि आफूहरुमाझ छलफल भएको उनको दाबी छ ।
तराईमा रहेका आर्थिक, सामाजिक र अधिकारको कमीलाई गैर राजनीतिक तरिकाले कसरी सम्बोधन गर्न सकिन्छ भन्नेबारे पनि आफूहरुले छलफल गरेको साहले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु