साँगे सभ्यता संरक्षण तथा विकास अभियानको आयोजनामा नव वर्ष २०८२ को उपलक्ष्यमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्ननयाँबसपार्क बचत तथा ऋण सहकारी संस्थाको १४ औँ साधारणसभा तथा अधिवेशन सम्पन्नउत्पादनमा जोड्न महिलालाई बाख्राका पाठी र बोका वितरणचार स्थानीय तहद्वारा नगरकोट भ्रमण वर्ष आयोजना, ११ लाख पर्यटक भित्र्याउने लक्ष्यगायिका देविका बन्दनालाई सम्मान ।। क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम ।।माटोको सुगन्ध लोकार्पण ।। मनमुटु र देशप्रेमले भरिएको सांगीतिक सिर्जना ।।उज्यालो टाईम्सद्वारा नववर्ष २०८२ को शुभकामना सहित भित्तेपात्रो (क्यालेण्डर) बिमोचनयुगिन कलाकार तथा निर्देशक पवन जोशीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड ।। नेवाः साधना कला केन्द्रको गौरबमय सम्मान ।।।बैरो संघको अध्यक्षमा गुरुङ,प्रथम उपाध्यक्षमा श्रेष्ठ, महासचिवमा बस्नेत र कोसाध्यक्षमा सिन्जाली विजयी,सबैसङ्ग सहकार्य गरेर अगाडी बढने गुरुङको घोषणा१९ मा हिमाल र इभाना च्याम्पियन

जबरजस्ती सेवाबाट हटाईए सिंहदबारभित्रै मर्ने पीडित कर्मचारीहरुको चेतावनी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन २२ गते, सोमबार १५:४३

काठमाडौं, २२ असोज । व्यवसायिक तथा सीप विकास तालिम केन्द्रमा कार्यरत अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुले सरकारले जबरजस्ती हटाए आफूहरु सिंहदरबारभित्रै मर्न तयार रहेको चेतावनी दिएका छन् ।
सोमबार रिपोर्टर्स क्लब नेपालमा व्यवसायिक तथा सीप विकास तालिम केन्द भैसेंपाटी र अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै यस्तो चेतावनी दिएका हुन् ।

कार्यक्रममा अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघ, व्यवसायिक तथा सीप विकास तालिम केन्द्र भैंसेपाटी ईकाई कमिटिका अध्यक्ष मोहम्मद जावेद आलमले चालु आर्थिक वर्ष २०७५/०७६ को बजेट तथा कार्यक्रम स्वीकृत भैसकेको अवस्थामा स्थायी दरवन्दी मात्र बनाई अस्थायी दरवन्दी कटौती गरी लामो समयदेखि कार्यरत कर्मचारीलाई सेवाबाट हटाउन खोजेको आरोप लगाए ।


त्यस्तै, अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघ, व्यवसायिक तथा सीप विकास तालिम केन्द्र भैंसेपाटी ईकाई कमिटिका कोषाध्यक्ष नारायण प्रसाद पराजुलीले सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारमा प्रतिष्पर्धा गर्न सक्ने दक्ष र सीपयुक्त जनशक्ति तयार गरी बेरोजगारी घटाउने उद्देश्य लिएको भन्दै कडा आपत्ति जनाए ।

अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघ, व्यवसायिक तथा सीप विकास तालिम केन्द्र भैंसेपाटी ईकाई कमिटिका सदस्य राममाया ढुंगानाले देशमा सम्पूर्ण अर्धशिक्षित नागरिकहरुलाई तालिम दिएर रोजगार, स्वरोजगार दिने संस्था नै बन्द गराईए मुलुकमा झनै बेरोगजारी बढ्ने चिन्ता व्यक्त गरिन् । उनले भनिन्,‘हाम्रो समस्या लिएर मन्त्रालय जाँदा उल्टै मन्त्रीज्यूकोबाट अभद्र व्यवहार गरियो । यसमा हाम्रो गम्भिर आपत्ति छ।’

त्यस्तै, शिक्षा मन्त्रालय कर्मचारी युनियन संघका उपाध्यक्ष हरि खनालले श्रममन्त्रीले रोजगारी दिन्छु भनेर सार्वजनिक रुपमा बोलेपनि अहिलेसम्म कार्यान्वयन नगरेकोमा गुनासो पोखे । उनले भने,‘मुलुकमै रोजगारी सिर्जना गर्छु भन्ने मन्त्रीले भएका कर्मचारीहरुलाई नै हटाउने निर्णय गर्नुभएको छ । यो निर्णयप्रति हामी असहमत छौं । आन्दोलित भएको अवस्था छ । मन्त्रीको बोली एकातिर र काम चाहीँ अर्कोतिर भएको छ ।’

खनालले वर्तमान सरकारले ‘एक घर, एक रोजगारी’ भनेर आफ्नो चुनावी घोषणापत्रमा लेखेको भएपनि अहिले आफूहरुलाई हटाएर मुलुकमा बेरोजगारीको अवस्था सिर्जना गरेको आरोप लगाए । उनले ३३ हजार कर्मचारी बेरोजगारी हुनु भनेको लाखौंको संख्यामा यसको प्रत्यक्ष असर पर्ने भएकोले यसतर्फ राज्यले खेलबाड गर्न नहुने चेतावनी दिए ।

त्यस्तै उनीहरुले हालै सरकारले भदौ ३ गते मन्त्रिपरिषद बैठकबाट पारित गरेको निर्णय समेत कार्यान्वयन नगरेकोमा आपत्ति जनाएका छन् । उनीहरुले सरकारले आफूले गरेको निर्णय तत्काल कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । पीडित कर्मचारीहरुले आफूहरुलाई सरकारले सेवाबाट हटाउन परेमा उचित सेवा सुविधा र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने पनि माग गरेका छन् । कार्यक्रमको सञ्चालन भने ईन्दु आचार्यले गरेकी थिईन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु