सेफ लक्षमण भण्डारी सामग्री हरू :-
खसीको मासु – ७०० ग्राम, सानो गोलभेंडा –
१०० ग्रा., टुक्रा काटिएको लसुन – ५० ग्रा टुक्रा काटिएको अदुवा – ५० ग्रा.,
काटिएको हरियो खुर्सानी – २० ग्रा., सुकेको रातो खुर्सानी – ८-९ वटा, भुटेको जिराको धुलो – १० ग्रा.,
भुटेको धनिया को फलेक्स १०ग्रम बेसार – ८ ग्रा।,
धनियाँको पात – १० ग्रा., हरियो लसुनको पात – १०० ग्रा. तोरीको तेल – १०० मिलि.
बनाउने विधि:- मासुलाई ठीक्कको पातलो टुक्रामा काट्ने र नुन , लसुन को पेस्ट १०० मिली तोरी को तेल मा मोली २-३ घण्टा छोपेर राख्ने तेस पक्षि ग्रिल वा प्यानमा रोस्ट गर्ने । गोलभेंडा र खुर्सानीलाई थोरै तेलमा भुट्ने या पोल्ने र मोटो पेस्ट बनाउने । ग्रिल गरिएको मासुमा अघि बनाइएको गोलभेंडा र खुर्सानी पेस्ट मिसाउने ।काटिएको हरियो खुर्सानी, हरियो धनियाँको टुक्रा, जिराको धुलो,धनिया को फ्लेक्स ,लामो मसिनो काटेको अदुवा र लसुन लसुनको पात हालेर मोल्ने । स्वाद अनुुसार नुन राखेर राम्रोसँग चलाउने । अर्को प्यानमा तोरीको तेल तताउने । तेल राम्रोसँग तातिसकेपछि आगो निभाउने । तेलमा मासु हाल्ने, त्यसपछि बेसार र कागतीको रस हालेर राम्रोसँग मिक्स गरेपछि मटन छोइला तयार हुन्छ । तयार भएको छोइलालाई अदुवा र हरियो लसुनको टुक्राले गार्निस गरेर काँक्रो र मुला को सलाद संग सर्भ गर्ने ।