साँगे सभ्यता संरक्षण तथा विकास अभियानको आयोजनामा नव वर्ष २०८२ को उपलक्ष्यमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्ननयाँबसपार्क बचत तथा ऋण सहकारी संस्थाको १४ औँ साधारणसभा तथा अधिवेशन सम्पन्नउत्पादनमा जोड्न महिलालाई बाख्राका पाठी र बोका वितरणचार स्थानीय तहद्वारा नगरकोट भ्रमण वर्ष आयोजना, ११ लाख पर्यटक भित्र्याउने लक्ष्यगायिका देविका बन्दनालाई सम्मान ।। क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम ।।माटोको सुगन्ध लोकार्पण ।। मनमुटु र देशप्रेमले भरिएको सांगीतिक सिर्जना ।।उज्यालो टाईम्सद्वारा नववर्ष २०८२ को शुभकामना सहित भित्तेपात्रो (क्यालेण्डर) बिमोचनयुगिन कलाकार तथा निर्देशक पवन जोशीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड ।। नेवाः साधना कला केन्द्रको गौरबमय सम्मान ।।।बैरो संघको अध्यक्षमा गुरुङ,प्रथम उपाध्यक्षमा श्रेष्ठ, महासचिवमा बस्नेत र कोसाध्यक्षमा सिन्जाली विजयी,सबैसङ्ग सहकार्य गरेर अगाडी बढने गुरुङको घोषणा१९ मा हिमाल र इभाना च्याम्पियन

जनताले चाहे हिन्दूराष्ट्र र संवैधानिक राजतन्त्रको विषयमा छलफल हुनसक्छ : दिपक खड्का

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन २८ गते, आईतवार १३:२८

काठमाडौं, २८ असोज ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दिपक खड्काले जनताले चाहे भने हिन्दूराज्य र संवैधानिक राजतन्त्रको विषयमा पनि छलफल हुनसक्ने र यसमा छलफल गर्न आफ्नो पार्टी पनि बाध्य हुने स्पष्ट पारेका छन् ।

आफूहरुलाई प्रतिपक्षमा बस्नको लागि जनताले भनेको कुरालाई सहर्ष स्वीकार गरेको सुनाउँदै खड्काले भने,‘जनताको सुख, सुविधाको विषयलाई र हामीले निर्माण गरेको संविधानलाई कार्यान्वयन गर्ने विषयलाई नेपाली कांग्रेसले जहिल्यैपनि सरकारलाई सहयोग गर्छ र गरिरहन्छ भन्ने कुरा हाम्रो उद्धघोष हो । आजपनि नेपाली कांग्रेस त्यो उद्धघोषभन्दा पछाडि छैन् ।’

उनले अत्यन्तै बलियो सरकार भनेर ओली नेतृत्वको सरकारलाई भन्दै गर्दा सरकारसँग आशा हुने बताए । उनले थपे,‘नेपाली कांग्रेसले यो सरकारलाई स्वागत गर्छ । र, आशा पनि गर्छ । किनकी बलियो सरकार नेपाली कांग्रेसको पनि चाहना हो । संसदीय व्यवस्थाभित्रको विजयमा यस्तो बलियो सरकार भैरहँदा तमाम जनताका आशा हुन्छन् । ईच्छा हुन्छन् । अब हाम्रो मुलुक समृद्ध बन्नसक्छ । र, हामीले चाहेजस्तो मुलुक बनाउन सक्छौं भन्ने जनताको जुन आशा हो, त्यो आशामाथि तुषारापात हुन सुरु गरेको छ। सरकारमै दुई तिहाई बल पुर्याएर राखेका साथीहरुलाई समेट्न सकेको छैन, यो सरकारले ।’

हत्या, हिंसा, बलात्कारमा सरकारको हात छ भन्ने कुरा पछिल्लो समय प्रष्ट हुन थालेको पनि उनले गम्भिर आरोप लगाए । उनले भने,‘बास्तवमा प्रधानमन्त्री आँफै भनिरहनुभएको छ की सरकार कसले चलाइरहेको छ भनेर ? अब यति निरिही, यत्रो दमदार, जनताको म्याण्डेट पाएको दुई तिहाई बहुमत भएको सरकारका प्रधानमन्त्री यति निरिह हुन हुन्छ ? आश्चर्य लागेको छ । त्यसो भएको कारणले सरकारलाई पनि म शुभकामना दिन चाहन्छु की सरकार यसबाट मुक्त होस् । यो बडा दशैंको उपलक्ष्यमा माँ दुर्गा भवानीले हामी सबैलाई खासगरी सरकारलाई पनि बल प्रदान गरुन् । यो मेरो शुभकामना छ । कम्तिमा बलात्कारमा, हत्या, हिंसामा, भ्रष्टाचारमा, आतंकमा सरकारको हात छ भन्ने कुरा सुन्न नपाईयोस् ।’

उनले संविधान संशोधनको विषय चलिरहेकोले संशोधन गर्नुपर्ने जति सबै कुराहरु संशोधन गर्न सरकारलाई सुझाव दिए । उनले भने,‘ंसंविधान बनाउँदै गर्दा म पनि त्यसको सदस्य थिएँ । जनताले आज गाउँमा प्रश्न गर्न थालेका छन् । तपाईहरुले हिन्दू राष्ट्रको विषयमा किन सोध्नुभएन भनेर ? अब यसको छलफल पनि हुन जरुरी छ । जनताले यसबारे आफ्नो अभिमत प्रकट गर्न पाउनुपर्छ भन्ने विषय अब चर्चाको विषय बन्न सक्छ । त्यसकारण सरकार यस विषयमा पनि सजग रहोस् । र, छलफल गरोस् । पार्टीहरुलाई मिलाएर मुलुकको हित हुनेगरि हामीले सरकार सञ्चालन गर्दा कसको लागि गर्दछौं ? दुई चार जना नेताहरुको लागि होइन, अथवा दुई चार जना कार्यकर्ताहरुको लागि होईन । समग्र नेपाली जनताको लागि यो सरकार काम गर्छ र गर्दैछौं भन्ने कुरा महशुस गर्नेगरि काम गर्न सकोस् ।’

जनताले चाहेको बेला जुनसुकै विषय पनि उठान हुनसक्ने उनको भनाई छ । उनले भने,‘जनता सर्वोपरि भनेर हामीहरुले मानिसकेपछि, जनताले चाहेको बखत, यदि जनताले बहुमतमा त्यो कुरा उठान गर्न चाहन्छन् भने यस विषयमा सोच्न राजनीतिक दलहरु बाध्य हुनेछन् । संवैधानिक राजतन्त्रको विषयमा पनि छलफल नहोला भनेर म भन्न सक्दिन् । तर, जनताले चाहे भने जुनसुकै विषय पनि छलफल हुन्छ । हिजोपनि जनताले चाहेर संविधान निर्माण भएको हो । जनताका आकांक्षाहरुमा केही कुराहरु छुटेका छन् भने अझ समावेश गर्नुपर्छ ।

हिन्दूराष्ट्र र संवैधानिक राजतन्त्रको विषय मैले गाउँघरमा सुनेको हुँदा जनता यतातिर जानुको कारण हाम्रो कमजोरीले हो, या हिजो संविधानमा यो विषय छलफलको विषय नबनाईएको कारणले हो । म गाउँघरतिर घुम्दा पाएको छु की जनताले यो विषयमा छलफल गर्न चाहन्छन् ।’
यद्धपी उनले यस विषयमा कांग्रेसले निर्णय गरेको विषय नभएको स्पष्ट पारे । उनले थपे,‘यो कांग्रेसले निर्णय गरेको विषय होईन् । मैले खाली जनताहरुसँग सम्वाद गर्दाखेरि पाएको व्यक्तिगत कुरा भनेर बुझ्दा राम्रो हुन्छ । जनताको विपक्षमा न कांग्रेस, न कम्युनिष्ट कोही पनि जान सक्दैन् । त्यसकारण जनताको चाहनाको विकास यतातिर भएको छ भन्ने कुरा मलाई लागिरहेको छ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु