साँगे सभ्यता संरक्षण तथा विकास अभियानको आयोजनामा नव वर्ष २०८२ को उपलक्ष्यमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्ननयाँबसपार्क बचत तथा ऋण सहकारी संस्थाको १४ औँ साधारणसभा तथा अधिवेशन सम्पन्नउत्पादनमा जोड्न महिलालाई बाख्राका पाठी र बोका वितरणचार स्थानीय तहद्वारा नगरकोट भ्रमण वर्ष आयोजना, ११ लाख पर्यटक भित्र्याउने लक्ष्यगायिका देविका बन्दनालाई सम्मान ।। क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम ।।माटोको सुगन्ध लोकार्पण ।। मनमुटु र देशप्रेमले भरिएको सांगीतिक सिर्जना ।।उज्यालो टाईम्सद्वारा नववर्ष २०८२ को शुभकामना सहित भित्तेपात्रो (क्यालेण्डर) बिमोचनयुगिन कलाकार तथा निर्देशक पवन जोशीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड ।। नेवाः साधना कला केन्द्रको गौरबमय सम्मान ।।।बैरो संघको अध्यक्षमा गुरुङ,प्रथम उपाध्यक्षमा श्रेष्ठ, महासचिवमा बस्नेत र कोसाध्यक्षमा सिन्जाली विजयी,सबैसङ्ग सहकार्य गरेर अगाडी बढने गुरुङको घोषणा१९ मा हिमाल र इभाना च्याम्पियन

प्रधामन्त्री ओलीले प्रदेशलाई अधिकार दिन कञ्जुस्याँई गरे : सांसद खड्का

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ कार्तिक ८ गते, बिहीबार १७:१८

काठमाडौं, ८ कात्तिक ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम प्रदेश नम्बर ७ का प्रदेश सभा सदस्य भरत बहादुर खड्काले प्रदेश सरकारलाई प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीले अधिकार दिन कञ्जुस्याँई गरेको आरोप लगाए ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘अहिले झगडा गर्ने बेला होईन । संघीय सरकारले प्रदेशलाई अधिकार दिनुपर्छ । कञ्जुस्याँई गर्नुहुँदैन् ।’

प्रदेश अहिले पनि प्रभावहिन रहेको उनको गुनासो छ । उनले भने,‘७ नम्बर प्रदेशमा हामीले २ पटकसम्म बजेट ल्याईसक्यौं । तर, अहिलेसम्म कार्यान्वयन भएको छैन् । बजेट कार्यान्वयन गर्ने संयन्त्र नै छैनन् । त्यतातिर संघीय सरकारले ध्यान दिनुपर्यो ।’ प्रदेशप्रति जनताको अहिले वितृष्णा बढेको उनको भनाई थियो ।

उनले अहिलेपनि मुलुक संक्रमणकै अवस्थामा रहेको बताए । उनले भने,‘यस्तो अवस्थामा तीनै तहबीच सहकार्य, समन्वय र एकता हुनुपर्छ । अहिले झगडा गर्ने बेला होईन् । तर, केन्द्रिय सरकारको नेतृत्वकर्ताले अहिले पनि निरंकुशता सोच राख्नुभएको छ । यही तरिकाले गयो भने ठूलो दुर्घट्ना हुन्छ ।’ उनले संघीय मोडेल फेल खायो भने मुलुक फेल खाने बताए ।

प्रधानमन्त्री आफूहरुको पनि अभिभावक भएको बताउँदै उनले प्रधानमन्त्री ओलील्ले बोल्ने भाषा र बोली चित्तबुझ्दो नभएको टिप्पणी गरे । उनले भने,‘कहिले अरिंगाल भनेको छ, कहिले के भनेको छ ? सत्ताको धम्कीको भरमा सरकार चल्दैन् । दुई तिहाईको बहुमतको दम्भको बलमा सरकार चल्दैन् । संविधानको सफल कार्यान्वयनको विकल्प छैन् । संघीय सरकारले प्रदेश सरकारलाई आवश्यक पर्ने कानुन तथा ऐनहरु बनाउने व्यवस्था गर्नुपर्छ ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु