कतार–नेपाल र कतारबीच सहमति र समझदारी सम्बन्धी छुट्टाछुट्टै दुई पत्रमा हस्ताक्षर भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणको दोस्रो दिन उक्त पत्रहरूमा हस्ताक्षर भएको हो । नेपाल र कतारबीच कूटनीतिक, सरकारी र विशेष राहादानी बाहकलाई प्रवेशआज्ञाविना आवाजजावतको सहजीकरण गर्ने विषयमा सहमति भएको छ ।
सो सहमतिपत्रमा नेपालकातर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र कतारका तर्फबाट उपप्रधान तथा विदेश मन्त्री शेख मोहम्मद अब्दुल रहमान अल थानीले हस्ताक्षर गरेका छन् ।
त्यसैगरी कृषि तथा खाद्य सुरक्षामा दुई देशबीच सहयोग आदानप्रदान सम्बन्धी अर्को समझदारीपत्रमा हस्ताक्षर भएको छ। सो समझदारीपत्रमा नेपालकातर्फबाट परराष्ट्रमन्त्री ज्ञवाली र कतारका तर्फबाट वातावरण तथा नगरपालिका सम्बन्धी मन्त्री मोहम्मद बिल अब्दुल्ला अलले हस्ताक्षर गरेका छन् । परराष्ट्र मन्त्री ज्ञवालीले उक्त सहमतिबाट दुई देशबीचको सम्बन्ध, सहयोग र सहकार्य अझ फराकिलो हुने विश्वाश व्यक्त गरेका छन् ।
३० अक्टोबर २०१८ अपरान्ह कतारका अमीर शैख तमीम बिन हमद अलथानी र सम्माननिय रास्ट्रपति बिद्यादेवि भण्डारी बिच दीवन ए अमीरिमा भेटघाट सम्पन्न भएको छ।सम्माननिय रास्ट्रपतिको सम्मानमा अमीरी गार्डको एक बिशेष टुकडीले सम्मानननिय ज्युको सम्मानमा सलामी अर्पण गरेको थियो।
कतारका अमीरले रास्ट्रपति भण्डारी र प्रतिनिधि मण्डलको स्वागत निकै उत्साहका साथ गर्नु हुँदै दुई देश बिच रहिआएको अत्यन्तै बिशेष प्रकारको मैत्रीपुर्ण सम्बन्ध लाई उच्च तहमा सम्बोधन गर्नु भएको थियो।यस भ्रमणको विशेषता लाई बयान गर्दै यस भ्रमणले दुई देश बिच धेरै बिषयहरुमा सहकार्य र सहयोग हुन सक्ने कुरा औल्याउँनु भएको थियोे।
सम्माननिय रास्ट्रपति बाट पनि कतारका अमीरको जुनाफमा आफू लाई कतार भ्रमणको निम्तो दिनु भएकोमा धन्यवाद ब्यक्त गर्दै यसले दुई देशबीचको सम्बन्ध झनै प्रगाढ हुने कुरामा आफूले बिश्वास लिएको जानकारी गराउनु भयो।दुइदेश बिच धेरै क्षेत्र तथा कमन इशुजमा सहयोग तथा सहकार्य हुन सक्ने र यस बाट दुइदेश बिच रहेको कुटनैतिक सम्बन्धले थप उचाई लिने बिश्वास ब्यक्त पनि गर्नु भयो।
दुई रास्ट्रअध्यक्ष बिचको भेटघाटमा लगानी प्रवर्द्धन गर्न सकिने र शिक्षा स्वास्थ्य कृषि पर्यटनको क्षेत्रमा एक आपसमा कोअपरेशन गर्न सकिने कुरा राख्नु भएको थियोे।साथै एक आपसमा क्षमता बिकास र अनुभव साटासाट गर्न कतारलाइ चाहिने श्रमशक्तिमा पनि सहकार्य गर्न सकिने बताउनु भएको छ।सम्माननिय रास्ट्रपति ज्युले कतारले श्रमिक एवं श्रमको क्षेत्रमा गरेको बिकास र आप्रवासी कामदारको सेवा सुविधा एवं सुरक्षामा देखाएको उतारताको प्रसंशा पनि गर्नु भयो।बिशेष गरि नेपाली कामदारको पक्षलाइ पनि सम्माननिय ज्यु बाट समेटिएको छ।
दीवान ए अमीरिमा दुई देशका रास्ट्रा अध्यक्ष हरुको उपस्थितिमा केही सम्झौतामा हस्ताक्षर भएको छ।बिशेषगरि कुटनैतिक राहदानीवाहक तथा बिशेष राहदानीवाहक लाई भिसा आवस्यकता नपर्ने र अनएराइभल भिसा दिने कुरामा कतारका तर्फबाट परराष्टमन्त्री शैख मोहम्मद बिन अब्दुल्लाह अलथानि र नेपालको तर्फबाट परराष्ट्रमन्त्री प्रदीप।ज्ञवालिले हस्ताक्षर गर्नु भएको थियो।यसै गरि कृषि एवं खाद्यान्न सुरक्षाको क्षेत्रमा पनि दुवै देशबीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ।यस अवसरमा दीवान ए अमीरीमा कतार सरकारका मन्त्रीगण उच्चपदस्त अधिकारी एवं उद्योगपतिहरुको सहभागीता रहेको थियो।आजै कतारका अमीरका तर्फद्वारा सम्माननिय रास्ट्रपति ज्युको सम्मानमा एक बिशेष दिवाभोजको आयोजना गरिएको थियोे जस्मा उच्च कतारी अधिकारी मन्त्री गण नेपाली प्रतिनिधिमन्डलका सदस्य र उद्योगपतिहरुको उपस्थिति रहेको थियो।
श्राेतः janasawal.com