अहिलेकी हिट नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले नायक पुष्पल खड्कासँग जोडी बाँधिने भएको छ । यसअघि फिल्म मंगलममा पुष्पलसँग साम्राज्ञीले केमियो भूमिका गरेकी थिईन् । अब भने मंगलम निर्देशक नवल नेपालले निर्देशन गर्न लागेको नयाँ फिल्ममा साम्राज्ञी र पुष्पलले अभिनय गर्ने पक्का भएको हो ।
अन्टाईटल राखिएको फिल्मलाई निर्मात्री पुनम गौतमले निर्माण गर्न लागेकी हुन् । निर्माण टिमले साम्रज्ञीलाई केही समय अघि देखि स्कृप्ट सहित प्रस्ताव रोखेका थिए । साम्राज्ञीले स्कृप्ट अध्ययन गरिसकेपछि पनि तत्काल काम गर्ने नगर्ने निर्णय दिएकी थिईनन् । साम्राज्ञीको माग र निर्माण टिमको प्रस्ताव मिलेपछि साम्राज्ञीले फिल्ममा काम गर्न लागिएको बुझिएको छ ।
फिल्म मगंलमबाट अभिनयमा चर्चा कमाएका नायक पुष्पलसँग साम्राज्ञीले पुर्ण रुपमा रोमान्स गर्न लागिएको पहिलो फिल्म यहि हुनेछ । फिल्ममा अन्य कलाकारहरु र प्राविधिकहरु को को रहनेछ यसको बारेमा निर्माण टिमले जानकारी गराएका छैनन् । आगामी फागुणबाट फ्लोरमा जाने यस फिल्मलाई २०७६ सालमा प्रर्दशन गरिने बताईएको छ ।
यता प्रदिप खड्कासँग साम्रज्ञीले काम गर्न नचाहेकी हुन् या नजुरेको हो, यसको बारेमा चर्चा भईरहँदा पुष्पलसँग साम्राज्ञीले जोडी बाँध्न लागेकी हुन् । स्मरण रहोस् नायिका साम्राज्ञीले पहिलो फिल्म ड्रिममा अनमोल के.सी देखि पछिल्लो फिल्म ईन्टु मिन्टु लन्डनमामा धिरज मगरसम्म स्क्रृन सेयर गर्दा उनले नायक दोहोराएकी छैनन् । उनले हरेक फिल्ममा फरक फरक नायकसँग काम गरिरहेकी छिन् ।
फिल्मी फण्डा ।