कहिले काँही नदेखेको सपना पनि पुरा हुन्छ भनेजस्तै धेरै मानिसहरुले पनि नसोचेको सफलताहरु प्राप्त गर्छन । आफ्नो काम प्रतिको लगनशिलता र धैर्यताले मानिसलाई सफलताको शिखरमा पुर्याउँछ । यस्तै भएको छ, अहिलेकी हिट डान्सर आश्मा विश्वकर्मा को जीवनमा पनि । उनी शुरुमा सामान्य डान्सर थिईन् । नृत्यमा एमदमै मन जाने भएकीले उनले आफ्नो पढाईलाई भन्दा बढि नृत्यमा मन राख्थिईन् ।
नृतय सिक्न कलाकेन्द्रमा प्रशिक्षण लिएदेखीनै उनले नृत्यमा केही गर्ने सपना देखिसकेकी थिईन् । नृत्य क्षेत्रमा भविष्य खोजेकी उनले नृत्यमा मात्र नभई अहिले कलाकारितामा पनि राम्रो स्थान प्राप्त गरेकी छिन् । शुरुमा सामान्य डान्सरबाट करिअर थालेकी उनले सरोज ओलीसँग सहकार्य गरेदेखी नृत्यमा प्रगति गर्न थालेकी हुन् । सरोजसँग मिलेर कार्टुन क्रुज नृत्य समूह निर्माणमा पोख्त उनी उक्त समूहको दोश्रो दर्जाकी सदस्य थिईन् ।
शुरुमा कार्टुन क्रुजले सामान्य गीतहरुमा कभर नृतयहरु प्रस्तुत गरेका थिए । विस्तारै दर्शकहरुको नजरमा परेपछि नयाँ गीतहरुमा पनि नृत्य प्रस्तुत गर्न उक्त समूह अग्रसर भएको हो । अहिले उक्त समूह सबैको माग हुन थालेको छ । अनि त्यहि समूहको दोश्रो सदस्य आश्मा विश्वकर्मा पनि । नृत्यमा मात्र हैन आश्माले वेभ सिरिज २१ फर्ष्ट लभमा मूख्य भुमिका निर्वाह गरेकी छिन् । यसो त हालै उनले मूख्य अभिनय गरेको वेभ सिरिज यु एण्ड आई को ट्रेलर पनि सार्वजनिक गरिएको छ । यसरी आश्मा सामान्य डान्सरदेखी कार्टुन क्रुजको स्टार सम्म बन्न सफल भएकी हुन् ।
फिल्मी फण्डाबाट