काठमाडौं– कोलम्बो प्रोसेसको उच्च अधिकारीस्तरीय वैठक र मन्त्रीस्तरीय परामर्श वैठकको आयोजना काठमाडौमा हुँदैछ । यही कार्तिक २९ र ३० गते नेपालसहित १२ मुलुकहरुको सहभागिता रहने उक्त कार्यक्रमलाई भव्यताकासाथ सम्पन्न गर्न आवश्यक तयारी कार्यहरु पुरा गरिएको श्रम तथा रोजगार सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । वैदेशिक रोजगारमा कामदार पठाउने एशियाली राष्ट्रहरुको साझा मञ्चका रुपमा कोलम्बो प्रोसेसको स्थापना सन् २००३ मा श्रीलंकामा भएको थियो । अन्तराष्ट्रिय आप्रवासनका विषयमा क्षेत्रीय परामर्श गर्ने उद्देश्यले यो मञ्च सञ्चालित छ । यसको वैठकमा अन्तराष्ट्रिय आप्रवासन र अनुबन्धमा आधारित श्रम का विषयमा सदस्य मुलुकहरु एक आपसमा परामर्श गर्ने गरेका छन् । कोलम्बो प्रोसेसका १२ सदस्य राष्ट्रहरुमा अफगानिस्तान, बंगलादेश, कम्बोडिया, चीन, भारत, इण्डोनेसिया, नेपाल, पाकिस्तान, फिलिपिन्स, श्रीलंका, थाइल्याण्ड र भियतनाम रहेका छन् ।
वैदेशिक कामदारहरुको हक र अधिकारको प्रवद्र्धन, सेवा र सुविधाको संरक्षणका अतिरिक्त नयाँ गन्तव्य बजारको खोजी, विप्रेषणको वैधानिक प्रवाहको बढोत्तरी एवं आप्रवासनको व्यवस्थापकीय क्षमता विकास, तथ्यांक संकलन र विश्लेषण एवं राष्ट्र–राष्ट्र बीचको वैदेशिक रोजगार सुधारका क्षेत्रमा हुने सहकार्यलाई कोलम्बो प्रोसेसले आफ्नो स्थापनाकालदेखि नै प्राथमिकतामा राखेको छ । हाल नेपाल यसको अध्यक्ष ( छ र २९ मार्च २०१७ देखि यसको अध्यक्षता गरिरहेको छ ।
मन्त्रिस्तरीय वैठक कोलम्बो प्रोसेसको सर्वोच्च निकाय हो । अध्यक्षताको दुई वर्षे अवधिमा बस्ने मन्त्रीस्तरीय वैठकमा सहभागी देशका मन्त्रीहरुद्वारा आप्रवासन सम्बन्धमा विभिन्न सिफारिशहरु र कार्य योजनाहरु उपर विचार विमर्श गर्ने गरिएको छ । यस्तो वैठकमा सदस्य मुलुकहरूले अघिल्लो वैठकका सिफारिसहरुको कार्यान्वयनको समीक्षा गर्नुका साथै आगामी दिनमा अवलम्बन गरिने कदमहरूको पहिचान समेत गर्ने गरिन्छ । कोलम्बो प्रोसेसको स्वीकृत सञ्चालन प्रकृया अनुरुप अध्यक्षता गरिरहेको मुलुकले मन्त्रीस्तरीय र उच्च अधिकारी (सचिव) स्तरीय वैठकको आयोजना गर्नुपर्ने हुन्छ । यसै सन्दर्भमा आगामी कार्तिक २९ र ३० गते उच्च अधिकारी स्तरीय एवं मन्त्रीस्तरीय वैठकको आयोजना गर्न लागिएको मन्त्रालयले जानकारी दिएको छ ।
सोल्टी क्राउन प्लाजामा कार्तिक ३० गते हुने मन्त्रीस्तरीय परामर्श वैठकको उद्घाटन प्रधानमन्त्री केपी. शर्मा ओलीबाट हुनेगरी तय भएको छ भने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले मन्त्रीस्तरीय वैठकको अध्यक्षता गर्नेछन । उच्च अधिकारी स्तरीय वैठकको अध्यक्षता श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश दहालले गर्नेछन । कार्तिक २९ गते हुने उच्च अधिकारी स्तरीय वैठकले ३० गते हुने मन्त्रीस्तरीय वैठकको लागि कार्यसूचि, कार्यक्रम र निर्णयका विषयवस्तु सिफारिस गर्नेछ र सोही आधारमा मन्त्रीस्तरीय वैठकले आवश्यक निर्णयहरु लिने जनाइएको छ । वैठकमा न्यिदब िऋयmउबअत यल क्बाभ, इचमभचथि बलम च्भनगबिच ःष्नचबतष्यल ९न्ऋः० र ऋययिmदय एचयअभकक बीचको अन्तरसम्बन्ध र न्ऋः कार्यान्वयनको सन्दर्भमा विश्वव्यापी, क्षेत्रीय र द्विपक्षीय तहमा ध्यान दिनुपर्ने विषय तथा न्ऋः को कार्यान्वयनको क्रममा कोलम्बो प्रोसेसका सदस्य राष्ट्रहरुले अवलम्बन गर्नुपर्ने नीति, रणनीति र हासिल गर्नसक्ने लाभका विषयमा प्रस्तुति एवं छलफल गरिने कार्यक्रम पनि रहेको छ ।
दुवै वैठकहरुमा सदस्य मुलुकका मन्त्रीहरु र उच्च अधिकारीहरुको सहभागिता हुनेछ । यसैगरी आप्रवासनसँग सम्बद्ध एक दर्जन जति संस्थाहरुका पर्यवेक्षक प्रतिनिधिहरुको पनि काठमाण्डौ वैठकमा सहभागिता हुने छ । उक्त वैठकमा काठमाण्डौ घोषणापत्र जारी भई मन्त्रीस्तरीय परामर्श वैठकको समापन हुने कार्यक्रम छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अन्तराष्ट्रिय आप्रवासन संगठन (आईओएम) को समन्वयमा उक्त कार्यक्रम आयोजना गर्दैछ ।
श्राेतः janasawal.com