साँगे सभ्यता संरक्षण तथा विकास अभियानको आयोजनामा नव वर्ष २०८२ को उपलक्ष्यमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्ननयाँबसपार्क बचत तथा ऋण सहकारी संस्थाको १४ औँ साधारणसभा तथा अधिवेशन सम्पन्नउत्पादनमा जोड्न महिलालाई बाख्राका पाठी र बोका वितरणचार स्थानीय तहद्वारा नगरकोट भ्रमण वर्ष आयोजना, ११ लाख पर्यटक भित्र्याउने लक्ष्यगायिका देविका बन्दनालाई सम्मान ।। क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम ।।माटोको सुगन्ध लोकार्पण ।। मनमुटु र देशप्रेमले भरिएको सांगीतिक सिर्जना ।।उज्यालो टाईम्सद्वारा नववर्ष २०८२ को शुभकामना सहित भित्तेपात्रो (क्यालेण्डर) बिमोचनयुगिन कलाकार तथा निर्देशक पवन जोशीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड ।। नेवाः साधना कला केन्द्रको गौरबमय सम्मान ।।।बैरो संघको अध्यक्षमा गुरुङ,प्रथम उपाध्यक्षमा श्रेष्ठ, महासचिवमा बस्नेत र कोसाध्यक्षमा सिन्जाली विजयी,सबैसङ्ग सहकार्य गरेर अगाडी बढने गुरुङको घोषणा१९ मा हिमाल र इभाना च्याम्पियन

६ दिनपछि समर्थन फिर्ता लिन्छौं, अब ओली सरकार अन्तर्राष्ट्रिय घेराबन्दीमा पर्छ : झा (भिडियोसहित)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर १ गते, शनिबार १६:५९

‘ओली नेतृत्वको सरकार पूर्ण रुपमा असफल’
‘गृहमन्त्रीले नाटक र सामान्य प्रशासनमन्त्रीले उट्पट्याङ देखाए’
‘संघीयताबारे ओली र चित्रबहादुर केसीको बुझाई एउटै छ’

काठमाडौं, १ मंसिर । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका महामन्त्री केशब झाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घेराबन्दीमा पर्ने चेतावनी दिएका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै महामन्त्री झाले भने,‘सरकारलाई हामीले दिएको समर्थन अब फिर्ता लिन्छौं । काउन्टडाउन सुरु भैसक्यो । हामीले छठ सकिएलगत्तै १० दिनको समय दिएका थियौं । आज चार दिन बितिसक्यो । अब ६ दिन बाँकी छ । हामी अहिले बाध्यकारी अवस्थामा छौं । अब समर्थन फिर्ता लिएर अघि बढ्छौं ।’
नेता झाले आफूहरुले प्रधानमन्त्री ओलीलाई भेटेरै दशैंअघि समर्थन फिर्ता लिने अल्टिमेटम दिएको स्मरण गराए । उनले भने,‘हामीले त उहाँलाई भेटेरै समर्थन फिर्ता लिनेबारे अल्टिमेटम दिएका थियौं । तर, उहाँले दशैंको टिका अगाडि नै संविधान संशोधन प्रक्रिया अघि बढाउँछु भन्नुभयो । हामीले चाडपर्व भएकोले छठ सकिएलगत्तै १० दिनको समय दिएका थियौं । तर, आज चार दिन बितिसक्यो संशोधन प्रक्रिया अघि बढाउने कुनै सुरसार देखाएको छैन् ।’

सरकार गठन हुँदै गर्दा वर्तमान प्रधानमन्त्री ओलीसँग सिँगो मधेशका जनता आक्रोशित रहेको बेला आफूहरुले रिस्क मोलेर समर्थन दिएर हातेमालो गरेको झाले सुनाए । उनले भने,‘ओलीजीको बारेमा सिँगो मधेशमा नकारात्मक अवस्था थियो । हामीले बहुत ठूलो रिस्क लिएर उहाँसँग हातेमालो गर्यौं । किनकी राजनीतिमा कोही पनि स्थायी शत्रु र मित्रु हुँदैन् । हामीले विगत ३ वर्षदेखि वार्ता तथा सम्वादमार्फत संविधान संशोधनबारे समाधान खोज्दै आएका थियौं । तर, अहिलेसम्म संविधान संशोधन भएन् ।’
सरकार बनेको आज ९ महिना बितिसक्दापनि सरकारले संविधान संशोधनको लागि आजसम्म ईमानदार प्रयत्न नगरेको उनको आक्रोश छ । उनले भने,‘सरकारले साँच्चिकै ईमानदार भएर प्रयत्न गर्ने हो भने हप्ता दश दिनभित्र संशोधन हुन्छ । तर, सरकारले हामीलाई बारम्बार धोका दियो । अब त हाम्रोपनि धैर्यताको बाँध टुट्यो ।’

मधेशी जनताले आफूहरुलाई संविधान संशोधन नहुने भए आन्दोलनका लागि मधेश झर्न थ्रेट दिईसकेको पनि उनले सुनाए । ‘हामी अहिले बाध्यकारी अवस्थामा छौं’–झाले थपे,‘जनताले संशोधन नहुने हो भने काठमाडौं नबस्नुहोस, मधेश झर्नुहोस भनेर हामीलाई थ्रेट नै दिईसके । अब हामी यो ६ दिन पर्खिन्छौं । त्यसपछिपनि केही नभए समर्थन फिर्ता लिएर आन्दोलनको लागि मधेश झर्छौं ।’ यद्धपी झाले आन्दोलनको लागि आफूहरु अहिले व्यग्र नरहेको र रहरपनि नभएको जिकिर गरे ।

अब हुने आन्दोलनमा आफूहरुलाई अब २ नम्बर प्रदेशको पनि साथ र समर्थन रहने उनले स्पष्ट पारे । झाले भने,‘अब हुने हाम्रो आन्दोलनमा एउटा प्रदेश सरकार साथमा हुनेछ । यसले केन्द्रिय सरकारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घेराबन्दीमा पार्छ ।’
फरक प्रसँगमा उनले वर्तमान सरकारले संघीयतालाई कमजोर पार्ने काम गरिरहेको आरोप लगाए । संघीयताको सवालमा वर्तमान प्रधानमन्त्री ओली र जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको बुझाई एउटै रहेको पनि उनले बताए । उनले भने,‘अहिलेको सरकारले संघीयता पचाएको छैन् । त्यसैले कमजोर बनाउने काम भयो । यो सरकारको राष्ट्रघाती सोच हो ।’

प्रधानमन्त्री ओलीको ९ महिने कार्यकाल पूर्ण रुपमा असफल भएको पनि उनको दाबी छ । उनले भने,‘सरकारको कामकारबाही र गतिविधिबाट जनता निराश छन् । कर्मचारी व्यवस्थापनको हिसाबलेपनि यो सरकार असफल भयो। सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी व्यवस्थापनको सवालमा उट्पट्याङ अभिव्यक्ति दिए । उनले कर्मचारीलाई दोषारोपण गर्ने काम गरे । त्यही भएर यो सरकारलाई कर्मचारीबाट सहयोग भएन् ।’

त्यस्तै मुलुकको अर्थतन्त्रपनि अहिले डामाडोल भएको उनको आरोप छ । उनले भने,‘सेयर अहिले लगातार ओरालो झरिरहेको छ । विज्ञता हाँसिल गरेका अर्थमन्त्री हुँदापनि उहाँको संकुचित सोचका कारण मुलुकमा लगानी भित्र्याउने वातावरण अहिले बनेको छैन् ।’ सुशासन कायम गर्ने मामिलामा पनि यो सरकार पूर्ण रुपमा असफल भएको पनि उनको दाबी छ ।

उनले भने,‘हत्या, हिंसा र बलात्कारका घट्ना दिन प्रतिदिन बढिरहेका छन् । तर, सरकार यो विषयमा मौन छ । निमर्ला पन्तको बलात्कारपछि हत्या भएको आज महिनौं बितिसक्यो । तर, यो सरकारले हत्यारा पत्ता लगाउन सकेन । यो लाजमर्दो स्थिति हो ।’
सिण्डिकेट पूर्ण रुपमा हटेको भनेर गृहमन्त्री रामबहादुर थापाले नाटकीय प्रस्तुति देखाएकोपनि उनले आरोप लगाए । उनले प्रश्न गरे,‘खोई, कहाँ हटेको छ सिण्डिकेट ? सिण्डिकेट त नाममात्रै हट्यो, तर व्यवहारमा अहिलेपनि सिण्डिकेट कायमै छ। त्यतिमात्रै होईन, उहाँले काम नगर्ने ठेकेदारहरुलाई तह लगाउँछु भन्नुभयो । तर, अहिलेसम्म केहीपनि गर्न सक्नुभएन् । ठेक्का दिने प्रक्रियामै त्रुटि छ । त्यसलाई सच्याउनुपर्छ । यसको लागि नियम र कानुन बनाउनुपर्छ ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु