प्रतिभावान अपाङ्गता भएकाहरुलाई टेलिभिजन रियालिटी शो कार्यक्रम आफ्नो कला प्रस्तुत गर्न पाउने भएका छन् । राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा विकाश केन्द्र , युनिभर्सल मिडिया ग्रुप र इन्टरनेशनल मिडिया हबको संयुक्त आयोजनामा विश्वमा पहिलो पटक Mr and Ms Nepal for Disability अपाङ्गता रियालिटी शोका लागी अनलाईन मार्फत फाराम भर्न सकिने आयोजकले बताएका छन् ।
यो कार्यक्रम देशका ७ ओटै प्रदेशमा आयोजना हुनेछ भने देशभरबाट ३००० भन्दा बढीको सहभागी रहने अनुमान आयोजकले गरेका छन् । सातै प्रदेशबाट छानेकालाई ३५ जनालाई टि भि शो मा लगिने र ३५ बाट १० जना अन्तिम प्रतिस्पर्धा रहनेछ। १ हरेक हप्ता १ जना बाहिरिने छ । कार्यक्रममा १६ देखि ६० वर्ष सम्मका अपाङ्गता भएकाले भाग लिन सक्नेछन ।
प्रथमलाई सवारी साधन ,३ लाख र विभिन्न गिफ्ट , दोस्रोलाइ रु २ लाख र गिफ्ट र तेस्रोलाई १ लाख र गिफ्ट दिइनेछ र फाइनल दुबैमा गरिने कार्यक्रमबाट गायन, नृत्य ,नाटक , वाक कला , चित्र कला, फेसन सो , ह्विल चियर डान्स , छडी क्यट्वर्क जस्ता विभिन्न प्रतिभाको हौसला र राष्ट्रिय कलाकार बन्ने चाहाना साथै समाजमा स्थापित हुने अवसर प्रदान होस भन्ने उदेश्यले यो कार्यक्रमको आयोजना गरिने आयोजकले जनाएको छ । फाराम यसरी भर्न सकिन्छ।
http://msdisabilityshow.com/online-form/?fbclid=IwAR3bMmQohZfWrPlGoQ3zPagq6ljOYmOVGEZrHB1MmG6KRW7FQzKntHgHkNg