साँगे सभ्यता संरक्षण तथा विकास अभियानको आयोजनामा नव वर्ष २०८२ को उपलक्ष्यमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्ननयाँबसपार्क बचत तथा ऋण सहकारी संस्थाको १४ औँ साधारणसभा तथा अधिवेशन सम्पन्नउत्पादनमा जोड्न महिलालाई बाख्राका पाठी र बोका वितरणचार स्थानीय तहद्वारा नगरकोट भ्रमण वर्ष आयोजना, ११ लाख पर्यटक भित्र्याउने लक्ष्यगायिका देविका बन्दनालाई सम्मान ।। क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम ।।माटोको सुगन्ध लोकार्पण ।। मनमुटु र देशप्रेमले भरिएको सांगीतिक सिर्जना ।।उज्यालो टाईम्सद्वारा नववर्ष २०८२ को शुभकामना सहित भित्तेपात्रो (क्यालेण्डर) बिमोचनयुगिन कलाकार तथा निर्देशक पवन जोशीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड ।। नेवाः साधना कला केन्द्रको गौरबमय सम्मान ।।।बैरो संघको अध्यक्षमा गुरुङ,प्रथम उपाध्यक्षमा श्रेष्ठ, महासचिवमा बस्नेत र कोसाध्यक्षमा सिन्जाली विजयी,सबैसङ्ग सहकार्य गरेर अगाडी बढने गुरुङको घोषणा१९ मा हिमाल र इभाना च्याम्पियन

काङ्ग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर : थापा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर १० गते, सोमबार १८:२५

चितवन: नेपाली काङ्ग्रेसका नेता गगनकुमार थापाले काङ्ग्रेस कमजोर हुँदा सिङ्गो राष्ट्रले मूल्य चुकाउनुपर्ने बताउनुभएको छ । नेपाल महिला सङ्घ चितवन शाखाले आज यहाँ आयोजना गरेको नेपाल प्रेस युनियन चितवन शाखाका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना कार्यक्रममा उहाँले काङ्ग्रेस बलियो बनाउन सबै जुट्नुपर्ने बताउनुभयो ।

चुनावमा हार्दैमा निराश हुनु नपर्ने भन्दै उहाँले सङ्गठन विस्तारमा लाग्नुपर्ने बताउनुभयो । काङ्ग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर हुने उहाँको भनाइ थियो । उहाँले काङ्ग्रेसले प्रतिपक्षमा रहेर संविधान कार्यान्वयन गर्दै समृद्धितर्फ मुलुकलाई अगाडि बढाउने कुरामा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्घीयता चलाउन सुझबुझ चाहिन्छ, सङ्घीयता नचले संविधान पनि सँगै जान्छ ।”

कार्यक्रममा नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, महिला सङ्घ चितवनका अध्यक्ष पार्वती शाह लगायतले बोल्नु भएको थियो । सो अवसरमा नेपाल प्रेस युनियनको नवनिर्वाचित कार्यसमितिका पदाधिकारी, सदस्य एवं पार्षद्हरुलाई सम्मान गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु