साँगे सभ्यता संरक्षण तथा विकास अभियानको आयोजनामा नव वर्ष २०८२ को उपलक्ष्यमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्ननयाँबसपार्क बचत तथा ऋण सहकारी संस्थाको १४ औँ साधारणसभा तथा अधिवेशन सम्पन्नउत्पादनमा जोड्न महिलालाई बाख्राका पाठी र बोका वितरणचार स्थानीय तहद्वारा नगरकोट भ्रमण वर्ष आयोजना, ११ लाख पर्यटक भित्र्याउने लक्ष्यगायिका देविका बन्दनालाई सम्मान ।। क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम ।।माटोको सुगन्ध लोकार्पण ।। मनमुटु र देशप्रेमले भरिएको सांगीतिक सिर्जना ।।उज्यालो टाईम्सद्वारा नववर्ष २०८२ को शुभकामना सहित भित्तेपात्रो (क्यालेण्डर) बिमोचनयुगिन कलाकार तथा निर्देशक पवन जोशीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड ।। नेवाः साधना कला केन्द्रको गौरबमय सम्मान ।।।बैरो संघको अध्यक्षमा गुरुङ,प्रथम उपाध्यक्षमा श्रेष्ठ, महासचिवमा बस्नेत र कोसाध्यक्षमा सिन्जाली विजयी,सबैसङ्ग सहकार्य गरेर अगाडी बढने गुरुङको घोषणा१९ मा हिमाल र इभाना च्याम्पियन

बर्हिगमित जनमुक्ति सेना भट्टराईको चेतावनी : ‘माग सम्बोधन नभए मन्त्रालयमै आत्मघाती बनेर पड्किनेछु’

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर १२ गते, बुधबार १८:४४

काठमाडौं, १२ मंसिर । बर्हिगमित जनमुक्ति सेना नेपालका केन्द्रीय सदस्य तथा मंसिर ५ गते गृहमन्त्रालयमा विष सेवन गरेका कुलप्रसाद भट्टराई (कुसुम)ले आमरण अनशन सूरु गर्ने भएका छन् ।
रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर कुसुमले आफ्ना मागहरुको बारेमा सरकार बेखबर बनेको बताउँदै गणतन्त्र सेनानीसहितको घाईते अपाङगता राजपत्रमा प्रकाशित गरि प्रदान गर्नुपर्ने, जनयुद्धका घाईतेहरुलाई समय सान्दर्भिक सेवासुविधा प्रदान गर्नुपर्ने, घाईतेहरुको पुनः अवलोकन प्रतिशत निर्धारण खारेज गर्नुपर्ने, जनयुद्ध र जनआन्दोलनका घाईतेहरुलाई तत्काल औषधी उपचार खर्च प्रदान गर्नुपर्ने, घाईतेहरुको परिवार तथा बालबच्चाहरुको शिक्षा, स्वाथ्य र रोजगारको व्यबस्था गर्नुपर्ने लगायतका मागहरु अघि सारेर राजधानीको शान्तिवाटिकामा आमरण अनसन बस्ने जनाएका हुन् ।

उनले भने,‘लोकतन्त्र र गणतन्त्र ल्याउनमा हामीजस्ता हजारौं यूवाहरुले पु¥याएको योगदानलाई वर्तमान सरकार र तात्कालिन् माओवादीका नेता तथा कमाण्डरहरुले अवमुल्यन गरेका छन्, आजको दिनमा हामीलाई मरे हुन्छ भन्दैछन्, हामीले लडेर ल्याएको परिर्वतनको अपनत्व हामीले गर्न पाउँदैनौं, हामीले गोली र रगतसंग सोटेको गणतन्त्रमा अपमानको जीवन ज्युउनु परेको छ, हजारौं शहिदहरुको रगतसँग साटेको गणतन्त्रको रातो कार्पेटमा उनीहरु हिड्ने हामीलाई वेबारिसे ढंगले सडकमा छोडिदिने ? यो कसरी भयो ?

उनले अघि थपे,‘जनयुद्धको बेलामा समाजवाद हुँदै साम्यवादी यूगमा मुलुकलाई प्रवेश गराउँने भनेर नारा बाढिएको थियो ? आज म यसै पत्रकार सम्मेलन मार्फत सोध्न चाहन्छु, प्रचण्डजी जनयुद्धमा देखाएको समाजवादको नारा कहाँ गयो ? त्यतिबेला जे प्राप्त हुन्छ त्यो बाँडेर खाउँला, समाजको मुक्ति र निरंकुशताको अन्त्य गर्नु आजको आवश्यकता हो भनेर भनिन्थ्यो तर आज स्वार्थ, सत्ता र सम्पत्तिमा पूर्व कमाण्डरहरु लिप्त छन् ।’

कम्युनिष्टहरुले सरकार चलाएको बेलामा पनि जनयुद्ध लडेकाहरुले अधिकार नपाउनु दुःखद भएको भन्दै कुसुमले भने,‘हामीले परिर्वतन गर्यौं, हामीले गणतन्त्र ल्यायौं, आज नेकपालाई दुई तिहाईको मत माग्यौं र सरकारमा पुर्यायौं, तर आज हाम्रो अधिकारको बारेमा किन वास्ता गरिँदैन ?’
उनले अघि थपे,‘मेरो हकमा भन्ने हो भने युद्धमा मुक्ति या मृत्यु भनेर लडिएकै हो, गृहमन्त्रीले समेत अपहेलना गरेपछि बाँच्नुको अर्थ नदेखेर मर्छु भनेर विष खाएकै हुँ, तर बाँचियो अब तत्काल हाम्रा मागहरु सम्बोधन नभए मन्त्रालयमै पुगेर आत्मघाती बनेर पड्किनेछु आफूपनि मर्नेछु र अरु मन्त्री र पूर्व कमाण्डरलाई समेत मार्नेछु ।’

कुसुमले आफूलाई ज्यान मार्ने धम्की आएको भन्दै मानव अधिकारकर्मी र पत्रकारसँग जीवन रक्षाको लागि आवाज उठाईदिन आग्रह गरे ।
उनले भने,‘मलाई धेरै ठाउँबाट ज्यान मार्ने धम्कि आईरहेका छन्, मर्न डर भएर होईन, अब निर्णायक आन्दोलन गर्नको लागि म बाँच्नुपर्छ, म मानव अधिकारकर्मी र पत्रकार मित्रहरुलाई जीवन रक्षाको लागि आवाज उठाईदिन आग्रह गर्दछु ।’

हतियार बनाउन र अन्यायको बिरोधमा आवाज भर्न प्रचण्ड, बाबुराम, बादल, वर्षमानले सिकाएको भन्दै युद्धमा बाँडिएका सपनाहरु पूरा गर्नुपर्नेमा जोड दिँदै कुसुमले भने,‘हामीलाई सबै कुरा आउँछ, पढ्ने समयमा पढिएन, हातमा मार्कसिट छैन् तर हातमा हतियार बनाउने सिप छ, आत्मघाती बनेर खरानी बनाउन सक्ने तागत छ, स्लामिक स्टेट, बोको हराम बन्न सक्ने हामीसँग ताकत छ, गरिब हौला, साहस कम छैन्, हामीले युद्ध लडेको कसैलाई पदमा पुर्याउन र मन्त्री, प्रधानमन्त्री बनाउनको लागि होइन, जनताको जीवन बदल्नको लागि, देशको विकास गर्नको लागि थियो ।’
कुसुमले निर्मला पन्तको हत्याराको संरक्षण राज्यबाट भएको भन्दै न्यायको आस मरिसकेको बताए । उनले भने,‘निर्मला पन्तका हत्यारालाई पत्ता लगाउनु मुस्किल भइसकेको छ, यस्ता डाकाहरुले निर्मला पन्तका हत्यारालाई पत्ता लगाएर कारबाही गर्छन् जस्तो मलाई लाग्दैन ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु