काठमाडाै । फिल्म जानी नजानीको फस्टलुक सार्वजनिक भएको छ । सार्वजनिक पोष्टरमा फिल्मका लिड कलाकारहरु मनिष श्रेष्ठ , निरिशा बस्नेत , सन्नी सिंह र नम्रता श्रेष्ठ फिचर्ड छन् । चैत्र १ गतेबाट अल नेपाल रिलिज हुने फिल्ममा प्रकाश अधिकारी , कृष्ण भक्त महर्जन , रोशनी केसी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
फिल्मको कथा , पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् भने यसै फिल्म मार्फत धेरै सफल फिल्ममा मुख्य सहायक निर्देशकको रुपमा काम गरिसकेका बसन्त अधिकारी निर्देशनमा डेब्यु गर्दैछन । फिल्ममा संजय लामाको छायाँकन, अर्जुन पोखरेललको संगीत, अर्जुन जिसीको सम्पादन, कविराज गहतराज, प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी र बसन्त घर्ति मगरको भीएफएक्स रहेको छ ।
रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्मित फिल्मकी प्रस्तुतकर्ता रोशनी केसी हुन् । फिल्ममा मोदनाथ खनाल र सागर काजी मालीको निर्माण रहेको छ ।
फिल्मी फण्डाबाट