हङकङ २३ मंसिर । गैर आवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिक छैठौ क्षेत्रीय सम्मेलन तथा प्रथम महिला सम्मेलन हङकङमा शूरु भएको छ । एनआरएन हङकङले बाजागाजाका साथ भब्य रुपमा पाहुनाहरुलाई स्वागत गर्दै उद्घाटन गरिएको हो । नेपाल सरकारको तर्फबाट कृषि मन्त्री चक्रपाणि खनाल, सस्थापाक चेयरम्यान उपेन्द्र महतो, पूर्व चेयरम्यान शेष घले, बर्तमन चेयरम्यान भबन भट्ट, हङकङ चेयरम्यान रधिका गुरुङ टिकाले रिबन काटेर सम्मेलनको उद्घाटन गर्नुभयो । उहाँहरुले यो भेलाले देशको समृद्धिमा योगदान पुर्याउने बताउँदै सम्मेलन सफलताको कामना गर्नुभयो ।

सम्मेलनमा आयोजक समितिको तर्फबाट एनआरएन हङकङ अध्यक्ष राधिका गुरुगं (टिका ) ले कार्यक्रमबारे जानकारी गराउनुभयो भने एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महत्तो र पूर्व अध्यक्ष शेष घले, वर्तमान अध्यक्ष भवन भट्टले मन्तब्य राखीसक्नु भएको छ । अहिले उद्घाटन सत्रमामा विभिन्न वक्ताहरुले मन्तब्य राखीरहनु भएको छ । सम्मेलन तथा बैठक हार्वर ग्राण्ड कौलँन होटल शूरु भएको हो ।

सम्मेलनमा अहिलेसम्म एनआरएन आइसिसीको तर्फबाट उपाध्यक्ष कुमार पन्त, उपाध्यक्ष कुल आचार्य, महासचिव बद्री केसी, ओसनीय क्षेत्रका क्षेत्रीय संयोजक धर्मराज अधिकारी, एनआरएन युरोप क्षेत्रका क्षेत्रीय संयोजक शिवकुमार बरुवाल, एनआरएन प्रवक्ता भुषण घिमिरे, एनआरएन युवा संयोजक सुदन थापा, एनआरएन महिला उपाध्यक्ष सपिला राजभण्डारी, महिला फोरम संयोजक रजनी प्रधान, एनआरएन बेल्जियम अध्यक्ष लोकप्रसाद दाहाललगायतको सहभागिता छ । साथै विभिन्न एनसिसीबाट तीन सय भन्दा बढी प्रतिनिधि सहभागि हुनुहुन्छ । आजै सम्मेलन नयाँ घोषणापत्र जारी गर्नेछ ।
