काठमाण्डौं , मंसिर २८ । नुवाकोटको दुप्चेश्वर गाँउपालीकामा केहि बेर अघि भयानक सवारी दुर्घटना भएको खबर प्राप्त भएको छ । शिखरबेसीबाट घयाङफेदी तर्फ जाँदै गरेको बा३ख ३९१३ नम्बरको आईचर शुक्रबार साँझ दुर्घटना हुंदा दुई दर्जन बढी यात्रीहरुको मृत्यु भएको आशंका गरिएको छ ।
३५ भन्दा बढी यात्री बोकेर दुप्चेश्वर गाउँपालिकाको सिसिपु जाँदै गरेको मिनिट्रक घ्याङडाँडाको भीरबाट करिब ४०० मिटर तल खसेको स्थानीय लालबहादुर तामाङले जानकारी दिएका छन् ।
तामाङका अनुसार दुर्घटनामा ३० जनाको ज्यान गएको छ । शिखरबेसीस्थित घ्यावामा गएर फर्किएकाहरु दुर्घटनामा परेका हुन् ।घटना लगतै जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी भीमलाल भट्टराईको नेतृत्वको प्रहरी टोली दुर्घटना स्थलतर्फ प्रस्थान गरेको छ ।
सम्बन्धित शीर्षकहरु