-ललन कुमार चौरसिया
मंसिर २९ रौतहट।रौतहटको गौर नगरपालिका वडा नं.४ मा पुर्व मन्त्री एवं प्रदेश नं.२ का नेकपा अध्यक्ष माननीय सांसद प्रभु साहले विष्णु भगवानको मन्दिर को शिलान्यास गर्नु भएको छ । स्वागत मन्तव्यको क्रममा विशिष्ट अतिथिको रुपमा माननीय सांसद प्रभु साहलाई १०१ किलो को माला लगाई स्वागत गरेका थिए । कार्यक्रममा विधायक कुन्दन कुशवाहा, नेकपाका युवा नेता शम्भु साह, गौर नगरपालिकाको मेयर अजय गुप्ता, गौर नगरपालिकाकी उपमेयर किरण ठाकुर , यमुनामाई गाउँपालिकाकी उपाध्यक्ष गिता साह लगायत दर्जनौं प्रमुख अतिथिहरुको उपस्थिति रहेको थियो । साथै विभिन्न संचार माध्यमका संचारकर्मीहरुको पनि उपस्थिति रहेको थियो । वडा नं. ४ को वडा अध्यक्षको अध्यक्षतामा हजारौं जनताहरुको माझमा कार्यक्रम सम्पन्न भयो । कार्यक्रम आयोजक रौतहट मै चर्चित पत्रकार संजय सहनीले गर्नु भएको थियो ।