काठमाडौ मसिर २९ ।मनमुरि कृषि सहकारी मनहरा ८ गोठाटार को कृषि उपज वजार स्थल परिसरमा किटनाशक र रसायनिक मल बाट टाढा भएको र परम्परागत गत पुख्र्यौली शैलीमा आधारित गरिदै आएको खेती बारी बाट उत्पादन भएको उत्पादन को प्रयोग गरि नेपाली चुलो मा दाउरामा पकाएको खानाको स्वाद लिन सकिने चुलो को शुभारम्भ भएको छ। उत्त शुभारम्भ समारोह को प्रमुख अतिथि बरिस्ठ समाजसेवी श्री अककल तामाङ बिशिस्ट अतिथि शिव अधिकारी , डम्बर बस्नेत ,राजु भट ,बिजय कुमार ढकाल , जयकला बस्नेत , गिता सुवेदी राई लगाएत अन्य मनमुरी कृषि सहकारी संस्थाको सदस्य हरूको उपस्थिति रहेकोे थियोे । उत्त भान्छाघरमा उपलब्ध हुने सबै परिकार दाउरामै पकाइन्छ । यहाँ तयार हुने नेपाली खाना सेट, ढिंडो सेट, लोकल कुखुरा, सेकुवा, लोकल खसीको को परिकार साथै अडर अनुसारको खाना का साथै खाजा सेवा प्रदान गर्ने लक्ष्य लिएको अध्यक्ष जयकला बस्नेत ले जानकारी दिनु भयो ।