साँगे सभ्यता संरक्षण तथा विकास अभियानको आयोजनामा नव वर्ष २०८२ को उपलक्ष्यमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्ननयाँबसपार्क बचत तथा ऋण सहकारी संस्थाको १४ औँ साधारणसभा तथा अधिवेशन सम्पन्नउत्पादनमा जोड्न महिलालाई बाख्राका पाठी र बोका वितरणचार स्थानीय तहद्वारा नगरकोट भ्रमण वर्ष आयोजना, ११ लाख पर्यटक भित्र्याउने लक्ष्यगायिका देविका बन्दनालाई सम्मान ।। क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम ।।माटोको सुगन्ध लोकार्पण ।। मनमुटु र देशप्रेमले भरिएको सांगीतिक सिर्जना ।।उज्यालो टाईम्सद्वारा नववर्ष २०८२ को शुभकामना सहित भित्तेपात्रो (क्यालेण्डर) बिमोचनयुगिन कलाकार तथा निर्देशक पवन जोशीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड ।। नेवाः साधना कला केन्द्रको गौरबमय सम्मान ।।।बैरो संघको अध्यक्षमा गुरुङ,प्रथम उपाध्यक्षमा श्रेष्ठ, महासचिवमा बस्नेत र कोसाध्यक्षमा सिन्जाली विजयी,सबैसङ्ग सहकार्य गरेर अगाडी बढने गुरुङको घोषणा१९ मा हिमाल र इभाना च्याम्पियन

गैरआवासीय नेपाली संघका ओसेनिया क्षेत्रीय संयोजक धर्मराज अधिकारीले आगामी निर्वाचनमा आइसिसीको उपाध्यक्ष पदमा उम्मेदवारी दिने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ भाद्र ६ गते, शुक्रबार १४:१८

गैरआवासीय नेपाली संघका ओसेनिया क्षेत्रीय संयोजक धर्मराज अधिकारीले आगामी निर्वाचनमा एनआरएनए आइसिसीको उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । लामो समयदेखि अस्ट्रेलियालाई कर्मस्थल बनाएर सामाजिक कार्यमा सक्रिय अधिकारीले एनआरएनए ओसेनिया क्षेत्रीय संयोजकका रूपमा सफलतापूर्वक कार्य सम्पादन गरेको बताउँदै विदेशमा रहेका नेपालीहरूको आवाजलाई देशसम्म र नेपालको समृद्धिको अभियानलाई विदेशमा रहेका एनआरएनसम्म लैजाने अभिभारा बाँकी रहेको ठहर गर्दै उपाध्यक्ष पदमा उम्मेदवारी दिएको जानकारी दिए ।

एकतामा नै बल हुन्छ र यसले नै एनआरएन अभियानलाई अघि लैजान्छ भन्ने कुरालाई आत्मसाथ गर्दै आफूले लहडमा नभई एनआरएनएको अन्तर्राष्ट्रिय अभियानमा अस्ट्रेलियाको उपस्थितिलाई दरिलोसँग प्रस्तुत गर्न पनि आफूले उम्मेदवारी दिने निर्णय गरेको कुरा उल्लेख गरे ।

पत्रकारहरूसँगको अन्तरक्रियामा अधिकारीले भने, “हामीले विदेशमा बसेर नाम, दाम कयौं होला तर मातृभूमिप्रतिको दायित्वले सदैव हामीलाई चिमोटिरहन्छ । हामीलाई थाहा छ मातृभूमिको सेवाबाट मात्र हाम्रो मनलाई पूर्ण सन्तुष्टि प्राप्त हुन्छ । यसैकारण हामीले विदेशमा आर्जन गरेको ज्ञान, सीप र दक्षतालाई नेपालको नयाँ पुस्तालाई हस्तान्तरण गर्न चाहन्छौं । हामी विदेशमा कमाएको पूँजीको केही अंश नेपालमा लगानी गर्न चाहन्छौं ।”

साथै अधिकारीले दोहोरो नागरिकतामा स्पष्टता, एनआरएन लगानीको सहजता र सुरक्षा, नेतृत्वको प्रभावकारिता र दक्षता, नलेज एण्ड इनोभेसन सहित नेपाल सरकारले भर्खरै घोषणा गरेको ब्रेन गेन अभियानमा योगदान दिने योजना रहेको कुरा पनि उल्लेख गरे । गैरआवासीय नेपाली संघको आगामी अक्टोबर १३ देखि १६ तारिखसम्म काठमाडौँमा विश्व सम्मेलन हुँदैछ । यो सम्मेलनले ८० देशभन्दा बढीका प्रतिनिधिहरूको सहभागितामा नयाँ नेतृत्वको चयन गर्नेछ ।

अष्ट्रेलियामा विगत लामो समयदेखि बसोबास गर्दै, व्यवसाय गर्दै आएका अधिकारीले क्षेत्रीय संयोजकको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरिसकेपछि अझै विदेशमा रहेका नेपालीहरुको आवाजलाई देशसम्म र नेपालको सम्बृद्धिको अभियानलाई विदेशमा रहेका एनआरएनसम्म लैजाने अभिभारा बाँकी रहेको ठहर गर्दै उपाध्यक्ष पदमा उम्मेद्वारी दिने आकांक्षा राखेको जानकारी दिए ।
अधिकारीले क्षेत्रीय संयोजक भई सिड्नीमा ओसेनिया क्षेत्रीय बैठक सफलतापूर्वक सम्पन्न गरिसकेका छन् । उक्त बैठकमा विश्वभरका एनआरएनहरुको मात्र होइन नेपालबाट कानूनमन्त्री समेत सहभागी भएका थिए । नेपालमा लगानीको अवसर र एनआरएनको सहभागिता विषयमा अन्तरक्रिया समेत गरिएको क्षेत्रीय बैठक सफल बनेको थियो । क्षेत्रीय संयोजक अधिकारीले कुनै लहडमा आफु उम्मेद्वार बनेको नभई एनआरएएको अन्तर्राष्ट्रिय अभियानमा अष्ट्रेलियाको उपस्थितिलाई दरिलोसँग प्रस्तुत गर्न अघि बढेको बताए ।

उनले भने,पछिल्लो समय क्षेत्रीय संयोजक भएर काम गरिरहँदा विश्वभर रहेका साथीभाईले दिनुभएको साथ, सहयोग र उत्साहले मलाई अघि बढ्न प्रेरित गरेको हो । हामीले विदेशमा बसेर नाम, दाम कमायौं होला तर मातृभूमिको सेवाबाट मात्र मनमा सन्तुष्टि मिल्छ भन्ने प्रष्ट छ । यसैकारण हामी हामीले विदेशमा आर्जन गरेको ज्ञान, शीप र दक्षता नेपालको नयाँ पुस्तालाई हस्तान्तरण गर्न चाहन्छौं । हामी विदेशमा कमाएको पूँजीको केही अंश नेपालमा लगानी गर्न चाहन्छौं ताकि नेपालले सम्बृद्धिको यात्रालाई अझ मजबुत बनाउन सकोस् । हामी हाम्रा विदेशी मित्रहरुलाई नेपालमा विश्वको सर्वोच्च शिखर सगरमाथा देखाउन चाहन्छौं, शान्तिदूत बुद्धभूमिमा लैजान चाहन्छौं । गैरआवासीय नेपाली संघको आगामी अक्टोबर १३ देखि १६ सम्म काठमाडौंमा विश्व सम्मेलन हुँदैछ । यही सम्मेलनले ८० देशभन्दा बढीका प्रतिनिधिहरुको सहभागितामा नयाँ नेतृत्वको चयन गर्नेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु