साँगे सभ्यता संरक्षण तथा विकास अभियानको आयोजनामा नव वर्ष २०८२ को उपलक्ष्यमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्ननयाँबसपार्क बचत तथा ऋण सहकारी संस्थाको १४ औँ साधारणसभा तथा अधिवेशन सम्पन्नउत्पादनमा जोड्न महिलालाई बाख्राका पाठी र बोका वितरणचार स्थानीय तहद्वारा नगरकोट भ्रमण वर्ष आयोजना, ११ लाख पर्यटक भित्र्याउने लक्ष्यगायिका देविका बन्दनालाई सम्मान ।। क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम ।।माटोको सुगन्ध लोकार्पण ।। मनमुटु र देशप्रेमले भरिएको सांगीतिक सिर्जना ।।उज्यालो टाईम्सद्वारा नववर्ष २०८२ को शुभकामना सहित भित्तेपात्रो (क्यालेण्डर) बिमोचनयुगिन कलाकार तथा निर्देशक पवन जोशीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड ।। नेवाः साधना कला केन्द्रको गौरबमय सम्मान ।।।बैरो संघको अध्यक्षमा गुरुङ,प्रथम उपाध्यक्षमा श्रेष्ठ, महासचिवमा बस्नेत र कोसाध्यक्षमा सिन्जाली विजयी,सबैसङ्ग सहकार्य गरेर अगाडी बढने गुरुङको घोषणा१९ मा हिमाल र इभाना च्याम्पियन

कुशे औंशी, बुवाको मुख हेर्ने दिनमा शुरु भयो जेष्ठ नागरिक सम्बन्धी कार्यक्रम पाका कुरा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ भाद्र १४ गते, शनिबार ११:५६

काठमाडौं । भादै १३ गते बुवाको मुख हेर्ने दिनदेखि काठमाडौं महानगरपालिकाद्धारा संचालित मेट्रो एफ.एम. ९४.६ मेगाहर्जमा जेष्ठ नागरिक सम्बन्धी कार्यक्रम पाका कुरा शुरु भएको छ ।

कार्यक्रमलाई शुभकामना सन्देश दिंदै काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले

कुशे औंशी, बुवाको मुख हेर्ने दिनमा शुभारम्भ हुन गइ रहेको जेष्ठ नागरिक सम्बन्धी कार्यक्रम पाका कुरा शुरु हुनु एक सुखद पक्ष रहेको बताउनु भयो ।
उहाँले काठमाडौं महानगरपालिकाले पनि काठमाडौं महानगरपालिका भित्र रहेका ३२ वटा वडामा रहेका जेष्ठ नागरिकहरुलाई महानगरले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको र ८० वर्ष उमेर पुगेका जेष्ठ नागरिकहरुलाई जेष्ठ नागरिकहरुलाई घरमै गइ सामाजिक सुरक्षा भत्ता सहित निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराएको बताउनु भयो ।

प्रमुख शाक्यले यस कार्यक्रम मार्फत जेष्ठ नागरिकहरुले दैनिक जीवनमा भोग्नु परेका समस्याहरु पहिचान गर्न, महानगरपालिकाले उपलब्ध गराएको सेवा सुविधा प्रति उनीहरुको धारणा बुझन तथा उनीहरुले जीवनमा आर्जन गरेका व्यवहार सिद्ध ज्ञानहरुलाई संगहित गर्न जेष्ठ नागरिकसंग सम्बन्धित साप्ताहिक रेडियो कार्यक्रमले महानगरपालिका भित्र रहेका जेष्ठ नागरिकहरुलाई थप होसल्ला प्रदान गर्ने मैलै आशा लिएको छु ।

आजको कार्यक्रममा आफनो भनाई राख्दै आजको कार्यक्रममा अतिथी पं तुलसी प्रसाद उपाध्याय (भण्डारी) ले भागवत गीतमा बताए अनुसार कर्म ,भक्ति ज्ञान लाई अवलम्बन गरे मानिसले आफनो जीवनको अन्त्यमा मोक्ष प्राप्त गर्ने बताउनु भयो ।
बाल्यकालको बारे प. उपाध्यायलाई जिज्ञासा राख्दा उँहाले उहिे आफुले मसि चोबेर पातमा लेखरे अक्षर चिनेको र अहिलेका बच्चाहरुले कम्युटरमानै अक्षर चिन्ने गरेको बताउँदै आफनो समयको युग र अहिलेको युगमा आकाश पातालको फरक रहेको बताउनु भयो ।

यसैगरी पं उपाध्यायले मानिसले २५ वर्षसम्म ब्रह्मचर्यको पालना गर्दै आफनो अध्ययन पुरा गरी विवाह गर्नु पर्ने, २५ वर्षपछि विवाह बन्धनमा बाँधिएर गृहस्थ जीवनको धर्म पालना गर्दै आमा बुवाको सेवा गर्नु पर्नै, ५१ वर्ष पछि बानप्रस्थ धारण गर्नु पर्नै र ७० वर्ष पुरा गरिसके पछि सन्यास धारण गरी सम्पूर्ण परिवारजनको माँया मोह त्याग गरेर मानव सेवामा लाग्नु पर्नै बताउनु भयो ।
पं उपाध्यायले मनुष्य जीवन अति दुर्लभ र यो जीवनमा मनुष्यले सत्कर्म, मानव सेवा गरे सिधै मोक्ष प्राप्त हुने बताउनु भयो ।

यसैगरी कुशे औंशी, बुवाको मुख हेर्ने पर्व बारे बताउँदै पं उपाध्यायले आजको दिन पिताको मुख हेर्ने दिन पिताबाट आर्शीबाद लिने पबित्र दिन रहेको र कुशैं औंशिको पनि आफनै महत्व रहेको पनि बताउनु भयो ।

मेट्रो एफ.एमका संचारकर्मी किशोर सेढाईले प्रस्तोता रहनु भएको कार्यक्रम पाका कुरा मेट्रो एफ.एममा प्रत्येक शुक्रबार सांझ ६ः३० बजेदेखि ७ः०० बजेसम्म नियमित प्रसारण हुन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु