साँगे सभ्यता संरक्षण तथा विकास अभियानको आयोजनामा नव वर्ष २०८२ को उपलक्ष्यमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्ननयाँबसपार्क बचत तथा ऋण सहकारी संस्थाको १४ औँ साधारणसभा तथा अधिवेशन सम्पन्नउत्पादनमा जोड्न महिलालाई बाख्राका पाठी र बोका वितरणचार स्थानीय तहद्वारा नगरकोट भ्रमण वर्ष आयोजना, ११ लाख पर्यटक भित्र्याउने लक्ष्यगायिका देविका बन्दनालाई सम्मान ।। क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम ।।माटोको सुगन्ध लोकार्पण ।। मनमुटु र देशप्रेमले भरिएको सांगीतिक सिर्जना ।।उज्यालो टाईम्सद्वारा नववर्ष २०८२ को शुभकामना सहित भित्तेपात्रो (क्यालेण्डर) बिमोचनयुगिन कलाकार तथा निर्देशक पवन जोशीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड ।। नेवाः साधना कला केन्द्रको गौरबमय सम्मान ।।।बैरो संघको अध्यक्षमा गुरुङ,प्रथम उपाध्यक्षमा श्रेष्ठ, महासचिवमा बस्नेत र कोसाध्यक्षमा सिन्जाली विजयी,सबैसङ्ग सहकार्य गरेर अगाडी बढने गुरुङको घोषणा१९ मा हिमाल र इभाना च्याम्पियन

अर्घाखाँची चेम्बर अफ कमर्सको अध्यक्षमा अशोक कुमार श्रेष्ठ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ भाद्र २० गते, शुक्रबार ०६:२६

अर्घाखाँची, १९ भाद्र – अर्घाखाँची चेम्बर अफ कमर्सको सन्धिखर्कमा सम्पन्न स्थापना दिवस, साधारण सभा एंव प्रथम अधिवेशनमा श्री अशोक कुमार श्रेष्ठ अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका छन् । अध्यक्ष श्रेष्ठ सहित कार्यसमितिका सबै पदाधिकारी निर्विरोध चयन भएका हुन् ।

अर्घाखाँची चेम्बरले आफ्नो पहिलो स्थापना दिवसको अवसरमा अर्घाखाँची जिल्लाका सबै नगरपालिका तथा गाउँपालिकाहरुमा पनि चेम्वर गठन गर्ने जानकारी दिएको छ ।कार्यक्रमको पूर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझी र चेम्बरका केन्द्रीय सदस्य सन्तोष पाण्डेले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्री रायमाझीले अर्घाखाँचीमा उद्योग स्थापना तथा विकासका अथाह स्रोत तथा सम्भावनाहरु भएपनि उपयोग गर्न नसकिएको बताऐ ।
उनले राष्ट्रकै समृद्धिका लागि पूर्वाधार विकास, भु उपयोग नीति, निजी क्षेत्रसँगको सहकार्यमा जोड दिए । आर्थिक विकासको लागि कृषि, पर्यटन, उद्योग व्यवसाय, जलविद्युत, शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर सरकार र निजी क्षेत्र दुबैले सहकार्य गरेर तिव्र रुपमा अगाडी बढाउनुपर्नेमा जोड दिए ।
यस्तै नेपाल चेम्बर अफ कमर्शका केन्द्रिय सदस्य सन्तोष पाण्डेले अर्घाखाँचीको विकासलाई सहयोग पुर्याउन पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताए । उनले अर्घाखाँची जिल्लाबाट लुम्बिनी पनि नजिकै पर्ने भएकाले र प्रसिद्ध पर्यटकिय स्थल देउराली पनि भएकाले पर्यटनको सम्भावना रहेको उल्लेख गरे ।
अर्घाखाँची चेम्बरका अध्यक्ष अशोक श्रेष्ठले अर्घाखाँची जिल्लामा ठुला उद्योग आउन चाहेमा उक्त उद्योगहरुलाई ३ बर्षसम्म दस्तुर नलिने बताए । कार्यक्रममा केन्द्रिय सदस्य श्री टंक प्रसाद पोखरेलको समेत उपस्थिति थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु