साँगे सभ्यता संरक्षण तथा विकास अभियानको आयोजनामा नव वर्ष २०८२ को उपलक्ष्यमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्ननयाँबसपार्क बचत तथा ऋण सहकारी संस्थाको १४ औँ साधारणसभा तथा अधिवेशन सम्पन्नउत्पादनमा जोड्न महिलालाई बाख्राका पाठी र बोका वितरणचार स्थानीय तहद्वारा नगरकोट भ्रमण वर्ष आयोजना, ११ लाख पर्यटक भित्र्याउने लक्ष्यगायिका देविका बन्दनालाई सम्मान ।। क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम ।।माटोको सुगन्ध लोकार्पण ।। मनमुटु र देशप्रेमले भरिएको सांगीतिक सिर्जना ।।उज्यालो टाईम्सद्वारा नववर्ष २०८२ को शुभकामना सहित भित्तेपात्रो (क्यालेण्डर) बिमोचनयुगिन कलाकार तथा निर्देशक पवन जोशीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड ।। नेवाः साधना कला केन्द्रको गौरबमय सम्मान ।।।बैरो संघको अध्यक्षमा गुरुङ,प्रथम उपाध्यक्षमा श्रेष्ठ, महासचिवमा बस्नेत र कोसाध्यक्षमा सिन्जाली विजयी,सबैसङ्ग सहकार्य गरेर अगाडी बढने गुरुङको घोषणा१९ मा हिमाल र इभाना च्याम्पियन

गैर आवासीय नेपाली संघ (एन आर एन ए) अध्यक्षका उमेदवार कुल आचार्यलाई जापानमा स्वागत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ भाद्र २० गते, शुक्रबार १९:३९

काठमाडौं, २० भदौ । गैर आवासीय नेपाली संघ (एन आर एन ए) अध्यक्षका उमेदवार कुल आचार्यलाई जापानमा स्वागत गरिएको छ । जापानको टोकियोमा बिहिबार जनसम्पर्क समिति जापानका निबर्तमान अध्यक्ष डि पि कडेंल, बर्तमान अध्यक्ष रोशन के सी, उपाध्यक्ष राजेन्द्र जम्मरकट्टेल लगायत अन्य जनसम्पर्क समितिमा आबद्व ब्यक्तिहरुले नारिता एयरर्पाेटमा स्वागत गर्नु भएको थियो ।

त्यसैगरी एन आर एन ए जापानका बर्तमान अध्यक्ष टासी वान्दी लामा, उपाध्यक्ष शिब पौडेल लगायत एन आर एन जापानका पदाधिकारीहरुले समेत नारीता एयरर्पोटमा स्वागत गर्नु भएको थियो साथै एन आर एन ए आई सि सि कोषाध्यक्षका प्रत्याशी महेश कुमार श्रेष्ठले समेत स्वागत तथा छलफल गर्नुभएको थियो ।

उमेदवार कुल आचार्य युरोपियन देश, क्यानडा, मध्य पूर्व हुदै अहिले एसिया प्रशान्त क्षेत्रको भ्रमणका क्रममा हुनुहुन्छ । जापान आउनु भए लगतै उहा भेटघाटमा ब्यस्त हुनु भएको छ । आज नै पर्बत समाज जापानले आयोजना गरेको स्वागत कार्यक्रममा सहभागी हुनु भयो । आज हुने एन आर एन ए जापानको अधिवेशनका लागि उहा जापान आउनु भएको हो । समय भए सम्म जापानमा सबैसंग भेटघाट गर्ने कार्यक्रम रहेको बताउनु भएको छ ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु