साँगे सभ्यता संरक्षण तथा विकास अभियानको आयोजनामा नव वर्ष २०८२ को उपलक्ष्यमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्ननयाँबसपार्क बचत तथा ऋण सहकारी संस्थाको १४ औँ साधारणसभा तथा अधिवेशन सम्पन्नउत्पादनमा जोड्न महिलालाई बाख्राका पाठी र बोका वितरणचार स्थानीय तहद्वारा नगरकोट भ्रमण वर्ष आयोजना, ११ लाख पर्यटक भित्र्याउने लक्ष्यगायिका देविका बन्दनालाई सम्मान ।। क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम ।।माटोको सुगन्ध लोकार्पण ।। मनमुटु र देशप्रेमले भरिएको सांगीतिक सिर्जना ।।उज्यालो टाईम्सद्वारा नववर्ष २०८२ को शुभकामना सहित भित्तेपात्रो (क्यालेण्डर) बिमोचनयुगिन कलाकार तथा निर्देशक पवन जोशीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड ।। नेवाः साधना कला केन्द्रको गौरबमय सम्मान ।।।बैरो संघको अध्यक्षमा गुरुङ,प्रथम उपाध्यक्षमा श्रेष्ठ, महासचिवमा बस्नेत र कोसाध्यक्षमा सिन्जाली विजयी,सबैसङ्ग सहकार्य गरेर अगाडी बढने गुरुङको घोषणा१९ मा हिमाल र इभाना च्याम्पियन

२०७६ असोज १४ मंगलबार हेर्नुस् आजको राशिफल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ आश्विन १४ गते, मंगलवार ०६:२३

वि.सं. २०७६ असोज १४। मंगलबार। इ.सं. २०१९ अक्टोवर १। ने.सं. ११३९ कौलाथ्व। आश्विन शुक्लपक्ष। तृतिया, १७:५४ उप्रान्त चतुर्थी।
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

साथीभाइको आगमनले दिन मनोरञ्जनपूर्ण हुनेछ। रमाइलो यात्रा, जमघट एवं खानपानको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। व्यापार बढ्नाले आम्दानी पनि बढ्नेछ। कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। (नेपाली पात्रो)

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन्। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। महत्त्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ। (नेपाली पात्रो)

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ। कमजोर मानसिकताले पछि परिनेछ। स्वास्थ्यका कारण काम रोकिन सक्छ। बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। पछिका लागि फाइदा हुने भए पनि सोचेको प्रतिफल तत्काल नपाइएला। समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन्। लगनशीलताले मात्र परिस्थितिलाई बदल्न सक्छ। (नेपाली पात्रो)

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सामाजिक कार्यले हौसला दिलाए पनि घरेलु समस्याले निराश तुल्याउन सक्छ। बेसुरमा दिएको वचनले अप्ठ्यारो पर्नेछ भने काम बिग्रने डरले सताउन सक्छ। हिस्सेदारसँग असमझदारी बढ्नाले सम्झौता भंग हुन सक्छ। अरूको फाइदाका लागि उपयोग भइनेछ भने आफ्ना लागि परिस्थिति प्रतिकूल रहनेछ। ईर्ष्यालु मन भएकाहरूले काममा अवरोध पुर्याउन सक्छन्। (नेपाली पात्रो)

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। व्यवसायमा राम्रै फड्को मार्न सकिनेछ। कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। अवरोध हट्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुने समय छ। मिहिनेतले जीवनशैलीमा राम्रै परिवर्तन ल्याउन सक्छ। (नेपाली पात्रो)

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

दिन उत्साहपूर्ण रहनेछ। प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ भने विभिन्न भौतिक साधन जुटाउने अवसर मिल्नेछ। मनग्य धन लाभ हुनाले सोख पूरा गर्न सकिनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। रमाइलो यात्रा हुनेे सम्भावना छ। प्रेम र मित्रताको बन्धन कसिलाे हुनेछ। मानसम्मान प्राप्त हुनुका साथै सम्मानित कामकाे यश लिने अवसर छ। (नेपाली पात्रो)

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

रमाइलाे समय छ। चिताएकाे काम बन्नाले नयाँँ काम सुरु हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। मिहिनेतले व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। दोहोर्याएर प्रयास गर्दा रोकिएको काम बन्नेछ। मिहिनेत गर्दा अप्ठ्यारो काम समेत सम्पादन गर्न सकिनेछ। नतिजाले उत्साह जगाउनेछ। (नेपाली पात्रो)

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। उधारोमा व्यापार हुनेछ। स्वाभिमानका लागि लाभांश त्याग्नुपर्ला। अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। छर-छिमेकमा असमझदारी बढ्नेछ। आकस्मिक खर्चले मन अत्तालिए पनि लामो यात्रा गर्ने अवसर जुट्नेछ। (नेपाली पात्रो)

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। परिश्रमको फल प्राप्त हुने समय छ। दिगो फाइदा हुने काममा लगानी गर्ने मौका छ। व्यापार तथा साझेदारीमा पनि फाइदा हुनेछ। आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन्। पहिलेको सफलताले हौसला जगाउनेछ। मिहिनेतले नाम, दाम र इनाम समेत दिलाउन सक्छ। (नेपाली पात्रो)

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। मिहिनेत गर्दा कार्यसिद्धिको समय छ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक नेतृत्व हातलागी हुनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। विशिष्ट व्यक्तिको सहयोग जुट्नाले महत्त्वाकांक्षी काम बन्नेछ। काम गरेर दाम कमाउने अवसर प्राप्त हुनेछ, कर्तव्यपरायण रहनुहोला। (नेपाली पात्रो)

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

बाध्यतामा अलमलिनुपर्दा चिताएको काममा बाधा आउला। आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। परिस्थिति अनुकूल रहे पनि अरूका लागि बुद्धि खर्चनुपर्नेछ। जीवनशैली व्यस्त रहनेछ तर उपलब्धिविहीन काममा समय बित्न सक्छ। गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ। तर नयाँ काम गर्न समय पर्खनुहोला। (नेपाली पात्रो)

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गरेका कामबाट तत्काल फाइदा उठाउन मुस्किलै पर्नेछ। सानातिना काममै अल्झनुपर्दा लक्ष्य प्राप्त नहुन सक्छ। हिसाबकिताबमा होसियार रहनुहोला। हडबडको त्रुटिले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। स्वास्थ्य कमजोर हुनाले आँटेको काममा बाधा पुग्नेछ। अध्ययनमा त्यति समय दिन नसकिएला। प्रयत्न गर्दा पछि फाइदा हुने काम सम्पादन हुन सक्छ। (नेपाली पात्रो)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु