साँगे सभ्यता संरक्षण तथा विकास अभियानको आयोजनामा नव वर्ष २०८२ को उपलक्ष्यमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्ननयाँबसपार्क बचत तथा ऋण सहकारी संस्थाको १४ औँ साधारणसभा तथा अधिवेशन सम्पन्नउत्पादनमा जोड्न महिलालाई बाख्राका पाठी र बोका वितरणचार स्थानीय तहद्वारा नगरकोट भ्रमण वर्ष आयोजना, ११ लाख पर्यटक भित्र्याउने लक्ष्यगायिका देविका बन्दनालाई सम्मान ।। क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम ।।माटोको सुगन्ध लोकार्पण ।। मनमुटु र देशप्रेमले भरिएको सांगीतिक सिर्जना ।।उज्यालो टाईम्सद्वारा नववर्ष २०८२ को शुभकामना सहित भित्तेपात्रो (क्यालेण्डर) बिमोचनयुगिन कलाकार तथा निर्देशक पवन जोशीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड ।। नेवाः साधना कला केन्द्रको गौरबमय सम्मान ।।।बैरो संघको अध्यक्षमा गुरुङ,प्रथम उपाध्यक्षमा श्रेष्ठ, महासचिवमा बस्नेत र कोसाध्यक्षमा सिन्जाली विजयी,सबैसङ्ग सहकार्य गरेर अगाडी बढने गुरुङको घोषणा१९ मा हिमाल र इभाना च्याम्पियन

कपिलवस्तुमा मारिने व्यक्ति भारतीय नागरिक भएको खुलासा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ कार्तिक १५ गते, शुक्रबार १०:५५

काठमाडौं- हिन्दू र मुस्लिम समूदायबीचको झडपले तनावग्रस्त बनेको कपिलवस्तुको कृष्णपुरमा गोली लागेर ज्यान गुमाउने व्यक्ति भारतीय नागरिक भएको खुलेको छ ।जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकीय अधिकृत मनोज कुमार सैनीले कपिलवस्तुको कृष्णपुरमा मारिने व्यक्ति भारतीय नागरिक सुरजकुमार पाण्डे भएको जानकारी दिए । पाण्डे भारतीय राज्य उत्तर प्रदेशको सिद्धार्थनगर जिल्लाको बरौनीका स्थानीय रहेको खुल्न आएको प्रशासकीय अधिकृत सैनीले खबरहबलाई जानकारी दिए ।

स्थानीयहरुले प्रहरीको गाेली लागि एक युवकको ज्यान गएको बताएका थिए । तर, प्रहरीले भने आफ्नो तर्फबाट गोल नलचेलेको दाबी गरेको छ ।गोली प्रहारबाट मारिएका सुरजकुमार पाण्डे, स्थानीय प्रशासनले उनी भारतीय नागरिक भएको बताएको छ | जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी दीपशम्शेर राणाले प्रहरीका तर्फबाट गोली नचलेकाे बताए । उनले भने, ‘पाण्डेको मृत्यु गोली लागेरै भएको देखिन्छ । तर, हामीले गोली चलाएका छैनौं । घूसपैठको सम्भावना छ । अवस्था सामान्य भइसकेको छैन ।’प्रहरीका अनुसार स्थानीय राजनीतिक दलका नेता, जनप्रतिनिधिसमेत नगरपालिकामा नभएकाले समन्वय गर्न असहज भइरहेको छ ।

कृष्णनगरमा बुधबार लक्ष्मीपूजाको मूर्ति विसर्जन गर्न जाँदा विसर्जन पक्षधर र अर्को समुदायका व्यक्तिबीच झडप भएको थियो ।स्थानीय मुस्लिम समुदायका केही व्यक्तिहरुले मूर्ति विसर्जन गर्न आफूहरुको बाटो प्रयोग गर्न नदिने बताएपछि विवाद सिर्जना भएको थियो । बुधबार साँझ नै स्थिति नियन्त्रणमा लिन प्रहरीले २० राउण्ड बढी आश्रुग्यास प्रहार गरेको थियो ।

विवादका कारण लक्ष्मीपूजाको मूर्ति अझै विसर्जन हुन सकेको छैन । बिहिबार बिहानैबाट अवस्था बिग्रँदै गएपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरेको छ ।प्रदर्शनकारीसँगको झडपमा ५ जना प्रहरी समेत घाइते भएका बताइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु