साँगे सभ्यता संरक्षण तथा विकास अभियानको आयोजनामा नव वर्ष २०८२ को उपलक्ष्यमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्ननयाँबसपार्क बचत तथा ऋण सहकारी संस्थाको १४ औँ साधारणसभा तथा अधिवेशन सम्पन्नउत्पादनमा जोड्न महिलालाई बाख्राका पाठी र बोका वितरणचार स्थानीय तहद्वारा नगरकोट भ्रमण वर्ष आयोजना, ११ लाख पर्यटक भित्र्याउने लक्ष्यगायिका देविका बन्दनालाई सम्मान ।। क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम ।।माटोको सुगन्ध लोकार्पण ।। मनमुटु र देशप्रेमले भरिएको सांगीतिक सिर्जना ।।उज्यालो टाईम्सद्वारा नववर्ष २०८२ को शुभकामना सहित भित्तेपात्रो (क्यालेण्डर) बिमोचनयुगिन कलाकार तथा निर्देशक पवन जोशीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड ।। नेवाः साधना कला केन्द्रको गौरबमय सम्मान ।।।बैरो संघको अध्यक्षमा गुरुङ,प्रथम उपाध्यक्षमा श्रेष्ठ, महासचिवमा बस्नेत र कोसाध्यक्षमा सिन्जाली विजयी,सबैसङ्ग सहकार्य गरेर अगाडी बढने गुरुङको घोषणा१९ मा हिमाल र इभाना च्याम्पियन

विश्व किर्तीमानी कायम गर्नेगरि काठमाडौंमा दोस्रो अन्तर्राष्ट्रिय नशामुक्त शाकाहारी समागम हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ कार्तिक २३ गते, शनिबार १२:४३

काठमाडौं, २३ कात्तिक । बाबा जय गुरुदेव धर्मविकास संस्थाको आयोजनामा यही कात्तिक २९ र ३० गते काठमाडौंको टुँडिखेलमा अन्तर्राष्ट्रिय नशामुक्त शाकाहारी समागम हुने भएको छ । समागमको लागि आवश्यक व्यवस्थापकीय कामपनि सुरु भैसकेको आयोजकले जनाएको छ ।

शनिबार आयोजक संस्थाले पत्रकार सम्मेलन गर्दै यसबारेमा जानकारी गराएको हो । उक्त समागमको व्यवस्थापक एवं राष्ट्रिय संरक्षक नन्द कुमार चौधरीको नाममा जारी विज्ञप्तीमा भनिएको छ,‘तपोभूमी धर्मपरायण हाम्रो देश नेपालमा ऋषिमुनी, योगी योगेश्वर, सन्तहरूको आगमन सदैव हुँदै आइरहेको छ । यसै सिलसिलामा दशौं पटक विश्व कीर्तिमान कायम राख्न सफल बाबा जय गुरुदेवजी महाराजको आध्यात्मिक उत्तराधिकारी दुःख हर्ता बाबा सन्त उमाकान्त महाराज जी आगामी समयमा हावा विषाक्त हुनेछ, मानिसहरूले गरेको पाप कर्मले गर्दा ओला पत्थरको बर्षात हुनेछ, पापले गर्दा धर्ति हल्लिनेछ, भूकम्प आउँने छ, इतिहास साँक्षी छ, संकट कालमा फकीर महात्मा नै केवल ढाल बनेर सृष्टिलाई बचाउँदै आएको कुरा दुई दीवसीय दोस्रो अन्तर्राट्रिय नशामुक्त शाकाहारी समागममार्फत् अवगत गराउन अनमोल वाणीसहित टुँडीखेल मैदान काठमाडौंमा मिति २०७६ साल कार्तिक २९ र ३० गते सतसंग एवम् ईश्वर प्राप्तिको मार्ग (नामदान) दिनु हुने कार्यक्रम रहेको हुनाले शिक्षक, कर्मचारी, राजनीतिककर्मी, किसान, मजदूर, समाजसेवीहरूको गरीमामय उपस्थितिका लागि समाचार सम्प्रेषण गरी दिनु हुन आदरणीय सञ्चारकर्मी मीत्रहरूलाई यसै पत्रकार सम्मेलनद्वारा हार्दिक अपील गर्दछौं ।’

चौधरीले समागममा विश्व किर्तीमानी कायम गर्नेगरि कार्यक्रम गर्न लागिएको पनि विश्वास दिलाए । उनकाअनुसार उक्त समागममा ३२ भन्दा बढि राष्ट्रबाट भक्तजन तथा शान्तिप्रेमी व्यक्तिहरुको सहभागिता रहनेछ । समागममा उद्धघाटनकै दिन दिउँसो २ बजे सत्सङ सुरु हुने पनि चौधरीले जानकारी दिए । कार्यक्रमको सञ्चालन आयोजक संस्थाका केन्द्रीय सल्लाहकार डा. ठकेन्द्र प्रकाश गिरीले गरेका थिए ।

समागम कार्यक्रमका संयोजक शालिकराम पराजुलीका अनुसार उक्त समागममा ६० हजारभन्दा बढि भक्तजनहरुको सहभागिता रहनेछ । समागममा सहभागी सबै भक्तजनहरुलाई खाना, बस्न र एक्युप्रेसर शिविर पनि निःशुल्क आयोजना गरिनेछ । निःशुल्क चिकित्सा शिविर हिजो (शुक्रबार) देखि सुरु भैसकेको र कार्यक्रम समापन नहुँदासम्म जारी रहनेछ । आजको पत्रकार सम्मेलनमा संस्थाका केन्द्रिय अध्यक्ष कन्हैयालाल गुप्ता, नेपालका प्रचारक राजेश सोनी, सल्लाहकार श्यामसुन्दर पन्त र भारतका गुरुभाईहरुको पनि उपस्थिति थियो ।

आयोजक संस्थाले महाराजजीका अनमोल वाणीहरूसमेत सार्वजनिक गरेको छ । जसअनुसार, १. मनुष्य शरीरको भोजन शाकाहार अर्थात् जड् वस्तु हो । शाकाहारी भोजनले शरीर स्वस्थ रहन्छ र आयु पनि लामो हुन्छ । २. माछा, मासु एवम् अण्डा मनुष्य शरीरको भोजन होईन । यसको सेवन गर्नाले मानिसको रगत बेमेल हुन्छ । जनावर पशुपंक्षीको रोग मनुष्य शरीरमा सरेर आउँछ । ३. जाँड–रक्सी हजारौं अपराध र भ्रष्टाचारको कारण हो । यसलाई आजै त्याग गरौं । ४. जनतालाई सुख समृद्धि प्रदान गर्नका लागि धर्ममा राजनीति नगरी राजनीतिमा धर्म ल्याउँनु पर्दछ । ५. वालवालिकालाई पापबाट बचाउँने र श्रेष्ठ बनाउँने पहिलो जिम्मेवारी आमाबाबुको नै हो । ६.नियम कानुनको पालन गरौं, कसैको निन्दा आलोचना नगरौं, गौ हत्या, जीव हत्या, आत्मा हत्या, हड्ताल, तोडफोड, तथा देशद्रोही जस्ता कृत्य नगरौं नगराऊँ । उन्मादमा आएर अधिकारी, कर्मचारी, जेष्ठ नागरिकहरूको अपमान नगरौं । ७. समाजमा भए का दुई जाति धनी गरीब मध्ये गरीबलाई सरकारले गास, वास, कपास लगायतको व्यवस्था गरि दिएमा आरक्षण अनारक्षण झगडा झन्झट सधैंको लागि अन्त हुन्छ । ८.पशुपंक्षी र मानव हत्या गर्नु पाप हो । निर्दोष पशु पंक्षीको बली चढाएर देवी देवता खुशी हुन्छन् भन्नु ठूलो भ्रम हो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु