काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा ७१ हजार २०० मा कारोबार भएको छ ।
मंगलबार पनि सुन यही मूल्यमा कारोबार भएको थियो ।
यस्तै तेजावी सुन तोलामा ७० हजार ९०० मा कारोबार भएको छ ।
चाँदी भने रु ५ बढेर तोलामा ८५५ मा कारोबार भएको महासंघले जनाएको छ।