साँगे सभ्यता संरक्षण तथा विकास अभियानको आयोजनामा नव वर्ष २०८२ को उपलक्ष्यमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्ननयाँबसपार्क बचत तथा ऋण सहकारी संस्थाको १४ औँ साधारणसभा तथा अधिवेशन सम्पन्नउत्पादनमा जोड्न महिलालाई बाख्राका पाठी र बोका वितरणचार स्थानीय तहद्वारा नगरकोट भ्रमण वर्ष आयोजना, ११ लाख पर्यटक भित्र्याउने लक्ष्यगायिका देविका बन्दनालाई सम्मान ।। क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम ।।माटोको सुगन्ध लोकार्पण ।। मनमुटु र देशप्रेमले भरिएको सांगीतिक सिर्जना ।।उज्यालो टाईम्सद्वारा नववर्ष २०८२ को शुभकामना सहित भित्तेपात्रो (क्यालेण्डर) बिमोचनयुगिन कलाकार तथा निर्देशक पवन जोशीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड ।। नेवाः साधना कला केन्द्रको गौरबमय सम्मान ।।।बैरो संघको अध्यक्षमा गुरुङ,प्रथम उपाध्यक्षमा श्रेष्ठ, महासचिवमा बस्नेत र कोसाध्यक्षमा सिन्जाली विजयी,सबैसङ्ग सहकार्य गरेर अगाडी बढने गुरुङको घोषणा१९ मा हिमाल र इभाना च्याम्पियन

रामसहाय प्रसाद यादव उपराष्ट्रपति पदमा निर्वाचित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ चैत्र ३ गते, शुक्रबार २०:१६

काठमाडौं ।आज चैत ३ गतेका लागि निर्धारित उपराष्ट्रपतिको निर्वाचन शान्तिपूर्ण र उत्साहपूर्वक सम्पन्न भएको छ । निर्वाचनमा ३० हजार ३२८ मतभार प्राप्त गरी उपराष्ट्रपतिको उम्मेदवार श्री रामसहाय प्रसाद यादव उपराष्ट्रपति पदमा निर्वाचित हुनुभएको छ भने उम्मेदवार श्री अष्टलक्ष्मी शाक्य (बोहरा) ले १६ हजार ३२८ मतभार, ममता झाले २ हजार ५३७ मतभार र प्रमिला कुमारीले ४८ मतभार प्राप्त गर्नुभएको छ । निर्वाचनमा ३११ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्यले मतदान गर्नुभएको थियो ।

विजयी उम्मेदवार श्री रामसहाय प्रसाद यादवलाई निर्वाचन अधिकृतको कार्यालय, नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा माननीय प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन सम्बन्धी नियमावली, २०७४ को नियम ४१ बमोजिम निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नुभयो । सो अवसरमा प्रमुख निर्वाचन आयुक्त थपलिया, आयुक्तहरू माननीय रामप्रसाद भण्डारी, माननीय डा. जानकी कुमारी तुलाधर र माननीय सगुन शम्शेर जबरा तथा आयोगका सचिव गोकर्णमणि दुवाडीलगायत आयोग परिवारले मुलुकको सम्मानित पद उपराष्ट्रतिमा निर्वाचित हुनुभएकोमा श्री रामसहाय प्रसाद यादवलाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न भूमिका निर्वाह गर्ने सम्बन्धित राजनीतिक दल, उम्मेदवार, निर्वाचनमा सहभागी हुने निर्वाचक मण्डलका सदस्य, निर्वाचन सम्पन्न गराउन खटिएका कर्मचारी, सुरक्षाकर्मी र सम्बद्ध सबै पक्षमा आयोग हार्दिक धन्यवाद व्यक्त गर्दछ ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले यस निर्वाचनको परिणामसहितको प्रतिवेदन २०७९ चैत ५ गते आइतबार सम्माननीय राष्ट्रपतिसमक्ष पेश गर्ने कार्यक्रम रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु